ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयकबारे मैले संसदलाई जिज्ञासा राखेकी हुँ, गठबन्धनलाई होइन– राष्ट्रपति भण्डारी


एबीसी / संवाददाता
भाद्र १३, २०७९ सोमबार  ९ : १८ बजे

काठमाडौं, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्न खोजिएकोमा असन्तुष्टि जनाएकी छन्। एमाले नेताहरूसँग सोमबार शीतल निवासमा भएको छलफलमा उनले नागरिकता जस्तो गम्भीर विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएकी हुन्।

राष्ट्रपतिसँग छलफल गर्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, रामबहादुर थापा र महासचिव शंकर पोखरेल शीतल निवास गएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली भने धपेडीका कारण चिकित्सकले आराम गर्न भनेकाले गएका थिएनन्।

राष्ट्रपति भण्डारीले एमाले नेताहरूसँग नागरिकता विधेयकमा दलहरूले देखाएको गम्भीरता र निर्वाचनको तयारीबारे समेत चासो राखेकी थिइन्। ‘मैले त नागरिकताजस्तो गम्भीर विषयमा सबै दल एक ठाउँमा पुग्नुपर्छ भनेर यो विषयमा संसदमा पुर्‍याएकी हुँ। यो एउटा राजनीतिक दलको विषय होइन, सिंगो देश र जनताको विषय हो। त्यही भएर संसदसमक्ष मैले आफ्ना जिज्ञासा राखेकी हुँ,’ राष्ट्रपतिका भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘तर दलहरूमा त्यो तहको गम्भीरता देखिएन कि, केही साथीहरूले बाहिररबाहिर मलाई उत्तर दिने भाषा खोज्नुभयो। गठबन्धनले त बैठक बसेरै मलाई उत्तर फर्काएको भन्ने मैले पढेँ। त्यस्तो त हुन नपर्ने। मैले कुनै नेता, कुनै गठबन्धन, कुनै पार्टीलाई त्यो पुनर्विचारको पत्र पठाएको थिइनँ।’

राष्ट्रपति भण्डारीले आफूले संसदलाई पत्र पठाएको र संसदले नै जवाफ दिन्छ भन्ने अपेक्षा गरेको समेत बताएकी थिइन्। उनले यसबारे एमालेको धारणा समेत मागेकी थिइन्।

‘संविधानबमोजिम पुनर्विचार गर भनेर राष्ट्रपतिले पठाउनुभयो। प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गर्‍यो। राष्ट्रियसभा फराकिलो ढंगले अघि बढ्न खोजेको छ,’ नेम्वाङले भने, ‘यो विषयमा व्यापक छलफल गरेर सिंगो देश एउटा निष्कर्षमा पुग्नुपर्छ भन्ने एमालेको धारणा छ। तर त्यो अवस्था आएको छैन। हामी यो विषय लिएर जनताको बीचमा जान्छौं। जनताले चुनावबाट दूधको दूध पानीको पानी छुट्ट्याउँछन् भनेर भन्यौं।’

भारतीय सेना भर्ना प्रक्रिया अग्निपथ र एसपिपीबारे आफूहरूले संसदमा राखेको धारणा राष्ट्रपतिलाई सुनाएको नेम्वाङले बताए। नागरिकता, एसपिपी लगायत विषय जनतामा लैजाने र जनताले उपयुक्त निर्णय लिनेमा आफूहरू विश्वस्त रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com