ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका राजनीतिक दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रीत (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौ, १३ भदौ । देशका राजनीतिक दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रीत भएका छन् । आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सम्पन्न भइसकेको छ भने आयोगले पनि यसको आवश्यक अध्ययन एवम् जाँचबुझ अगाडि बढाएको छ । आयोगमा जम्मा ८४ वटा राजनीतिक दलहरुले दल दर्ताका लागि निवेदन दिएका थिए । आगामी निर्वाचनमा मुख्यरुपमा पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेका एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।

देशका राजनीतिक दलहरु अगामी निर्वाचनतर्फ केन्द्र्रीत भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल र एकल चुनाव चिन्ह लिने चार दलसहित जम्म ८४ वटा दल दर्ताको निवेदन प्राप्त भएको जनाएको छ । यस उपर आएको कागजातहरुको अध्ययन एवम् जाँचबुझ गर्दा आगामी निर्वाचनका लागि ७९ वटा दलका निर्वाचन चिन्हहरुमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको संख्या ८७ कायम गरिएको अयोगले जनाएको छ ।

त्यसैगरी प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा ६२ वटा दलका निर्वाचन चिन्हहरुमध्येबाट मतपत्रमा सहभागी हुने दलको संख्या ७० रहने आयोगले जनाएको छ । आयोगले आगामी निर्वाचनमा पर्यवेक्षणका लागि ईच्छुक राष्ट्रिय संस्थाहरुलाई सहभागी हुन आव्हान गरिसकेको छ । सरकारले तोकेकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणका निर्वाचन सम्पन्न गर्न तयार रहेको आयोगले बताउदै आएको छ । आयोगको तयारी एकातर्फ अघि बढेको छ भने राजनीतिक दलहरु पनि विजय सुनिश्चित हुने रणनीतिका साथ चुनावी तयारीमा लागेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हहरुमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हहरु मध्येबाट मतपत्रमा सहभागी रहने गरी दलको संख्या ७२ रहने आयोगले जनाएको छ ।

गण्डकीमा ५८ वटा दलको निर्वाचन चिन्हहरुमध्ये मतपत्रमा कायम रहने दलको संख्या ६६, लुम्बिनीमा ६० वटा निर्वाचन चिन्हहरुमध्येबाट मतपत्रमा कायम रहने गरी ६८ दल, कर्णाली र सुदूरपश्चिम गरी दुई प्रदेशमा ५६ निर्वाचन चिन्हहरुमध्ये मतपत्रमा कायम रहने गरी ६४ दलहरु छन् । आगामी निर्वाचन स्वरुप सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले भदौ १० देखि जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरेको छ । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आइतबार बस्यो । बैठकमा आगामी निर्वाचनमा केन्द्रीत विषयमा छलफल भयो ।

निर्वाचनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संयुक्त निवाचन चिन्ह आयोगमा दर्ता गराए । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी, समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टी यी तीन दलले संयुक्त चुनाव चिन्हमा चुनाव लड्दैछन् । समाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाल दलित पार्टी गरी यी तीन दल र नेपाल आमा पार्टी, नेपाल नौलो जनवाद पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टी यी चार दलले एकल चुनाव चिन्हमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । आयोगले पाँच राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ अनुसार छुट्टै दल दर्ता गर्न नपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनभित्र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने निर्वाचनको सम्मुखमा बृहत्तर वाम एकताको पहल गर्ने बताएको छ ।

आगामी निर्वाचनको आवश्यक तयारी आयोगले तीव्ररुपमा अघि बढाएको छ । यसैगरी, देशका प्रमुखदेखि निर्वाचनका लागि दल दर्ता गरेका सबै दलहरुले चुनावी रणनीतिका साथ आ–आफ्नो कार्यक्रम अघि बढाएका छन् । तात्कालीन ओली सरकारले गरेको प्रतिनिधिसभा संसद विघटनसँगै जटिल परिस्थितीका बाबजुत गएको बैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । यस बीचमा चुनावी गठबन्धन र राजनीतिक धु्रवीकरणको भरपुर प्रयास समेत भए । तर, स्थानीय निर्वाचनमा जस्तौ संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेबीच प्रमुख प्रतिस्पर्धा हुदैछ । सो अनुरुप नै दलहरु आगामी निर्वाचन केन्द्रीत बनेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com