ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल हुँदै


एबीसी / संवाददाता

काठमाडौ, १३ भदौ । नागरिकता संशोधन विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।हिजो बसेको राष्ट्रियसभा बैठकले विधेयक प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो । बैठकमा गृहमन्त्री खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गर्नु भएको थियो ।

योसँगै राष्ट्रपतिले सन्देहसहित फिर्ता पठाएको विधयेकमाथि समितिमा दफावार छलफल हुनेछ । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभाले भने सामान्य छलफलपछि हुबहु पारित गरेको थियो ।सदनमै छलफल गर्नुपर्ने अडानमा सरकार लचिलो भएपछि विधेयकबारे समितिमा छलफल हुने भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै दल विधेयककबारे थप छलफल गर्न सहमत बनेका थिए ।छलफलपछि समितिले प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेश गर्ने विधेयक सदस्यहरुलाई वितरण गरिनेछ । अध्यक्षले अन्य आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिने व्यवस्था छ ।

समितिमा सत्तापक्षीय सांसदको बहुमत रहेकाले विधेयकमा राष्ट्रिपतिले उठाउनु भएका सन्दर्भ समेटिने संभावना भने कम छ । १६ गते बस्ने राष्टियसभा बैठकमा विधेयक पारित गर्ने गरी समितिले काम सक्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com