काठमाडौं, १२ भदौ । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदलले आइतबार पनि सहमति जुटाउन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा कार्यदल बैठकमा सबै दल पुरानै दाबीबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।
कार्यदल सदस्य जनमोर्चा नेता हिमलाल पुरीले आफूहरुबीच सहमति हुन नसकेको विषयमा शीर्ष नेतालाई जानकारी गराउने सहमति भएको बताए ।पुरीका अनुसार अर्को बैठकको मिति पनि तय भएको छैन । बैठक कहिले बोलाउने भन्नेबारे कार्यदल संयोजक काँग्रेस नेता कृष्ण सिटौलालाई जिम्मेवारी दिइएको उल्लेख गरे ।
कार्यदलमा काँग्रेसले १ सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादील ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्