ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सपथका लागि सेनाको हेलिकोप्टरमार्फत पुगे सांसद


एबीसी न्यूज

काठमाडौं, ७ माघ । प्रदेशसभा सदस्यलाई सपथ गराउनका लागि सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । ६ नम्बर प्रदेशका प्रत्यक्ष एवम समानुपातिक सांसदले आज ११ बजे आइतबार सपथ लिँदैछन । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सांसदका लागि जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाउने तयारी गरिएको छ ।


प्रदेश प्रमुखको कार्यालयका कर्मचारी गंगाप्रसाद न्यौपानेका अनुसार प्रदेश सांसदको सपथअघि विहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । ‘विहान १० बजे क्षेत्रीय वन तालिम केन्द्रमा प्रदेश प्रमुखले पदभार ग्रहण गर्नुहुनेछ’ न्यौपानेले भने, ‘त्यसपछि ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सांसदको सपथको कार्यक्रम राखेका छौं।’

प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि निर्वाचन आयोगले मतपरिणाम सहितको प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई सपथ खुवाउन कार्यक्रम रहेका छ ।

६ नम्बर प्रदेशका ४० सांसद मध्ये २७ जना शनिबार दिनभर हवाई उडान नहुँदा उनीहरु सुर्खेत जान पाएनन् । आज आइतबार विहान ११ बजेका लागि प्रदेश सांसदका लागि सपथग्रहणको समय निर्धारण गरिएको छ । हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत आइपुग्न सम्भव नभएपछि काठमाडौंमा रहेका सांसदहरुलाई सपथका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सपथ ग्रहण कार्यक्रमा पुगेका छन् । ‘शनिबार काठमाडौं–नेपालगञ्ज कुनै पनि उडान नहुँदा २७ जना प्रदेशसभाका सांसदहरु काठमाडौंमै हुनुहुन्र्थो’ क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘ आजआइतबार विहान नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत उहाँहरुलाई सुर्खेत ल्याई सकेका छौ ।’ निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा काठमाडौंमा रहेका सांसदलाई सुर्खेत लैजाने व्यवस्था गरिएको हो । ‘विहान १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु सुर्खेत पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com