ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आउँदो चुनावमा गठबन्धनबीच बलियो तालमेल हुने : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
भाद्र ११, २०७९ शनिबार  ९ : २३ बजे

बुटवल, ११ भदौ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावबाट शिक्षा लिएर यो पटकको संसदीय चुनावमा गठबन्धन सफल बनाउने बताएका छन्। बुटवलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय तहको चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएकाले त्यसबाट शिक्षा लिने बताएका हुन्।

प्रचण्डले गत चुनावको तालमेल सफल नभए पनि गठबन्धन चुनावसम्म कायम रहनु ठूलो उपलब्धि भएको बताए। ‘स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभपनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने दोस्रो निर्वाचन प्रक्रिया सुरु गरियो। यसलाई ठूलो सफलता मान्नुहोला,’ उनले भने। प्रचण्डले चुनाव भएर देश ठूलो दुर्घट्नाबाट बचेको तर्क गरे।

‘ठ्रूलो दुर्घट्नाबाट देश बचाउनमा यो गठबन्धनको भूमिका ठूलो रह्यो । तर आपसी तालमेल भनेको जस्तो भएको थिएन,’ उनले भने, ‘यसबाट शिक्षा लिएर अहिले चाहिँ प्रदेश र संघमा राम्रो गर्दैछौँ।’

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिको बैठकमा सहभागी हुन प्रचण्ड बुटवल आएका हुन्। प्रधानमन्त्री शेरहादुर देउवासँगै हेलिकोप्टरमा आएर बुटवल मण्डपमा झरेका प्रचण्ड पार्टीको बैठकमा गएका थिए।

देउवा अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनमा बसे। पार्टीको प्रदेश समितिको बैठक सकेपछि प्रचण्ड प्रधानमन्त्री देउवासँगै फर्किए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

सरकार आफनै ढंगले ढल्दैछ ः एमाले सांसद, साजिदा

सम्बन्धित

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com