ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको प्रतिवेदन : विदेशी भूमि र प्रतिनिधिको रोहबरमा चुनावपछिको सत्ता साझेदारीबारे छलफल भइसक्यो


एबीसी / संवाददाता

काठमाडौँ, १० भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी भूमि र प्रतिनिधिको रहोबरमा निर्वाचनपछि हुने नेपालको सत्ता साझेदारीबारे सत्ता गठबन्धनले छलफल गरिसकेको दाबी गरेका छन् ।एमालेको केन्द्रीय कमिटी बैठकमा शुक्रबार पेस गरेको राजनीतिक प्रतिवेदनमै उनले यो कुरा उल्लेख गरेका छन् ।

हाल गठबन्धनका एकजना नेताबाट निर्वाचनपछिको सत्ता साझेदारीकाबारेमा विदेशी भूमि र विदेशी प्रतिनिधिहरूको रोहबरमा छलफल गरिएको छ नेपालको राष्ट्रिय स्वाभिमानलाई तेजोबध गर्ने र बाह्य शक्तिहरूलाई आन्तरिक मामलामा हस्तक्षेप गर्न सहज तुल्याउने यस्ता विषय अत्यन्त गम्भीर छन् ओलीको प्रतिवेदनमा छ । उनले एक जना सत्तागठबन्धनकै नेताबाट यस्तो छलफल भएको उल्लेख गरेका छन् । उनले ती नेता को हुन् र कुन देशमा समझदारी भएको भन्नेबारे स्पष्ट खुलाएका छैनन् । तर उनको संकेत हालै भएको पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणतर्फ छ । भारत भ्रमणका क्रममा दाहालले भावी सत्ता सझेदारी आलोपालो हुनसक्नेबारे का थिए । उनले भारतीय जनता पार्टीका नेताहरुसँग भेटेका थिए । दिल्लीमै उपचारका क्रममा रहेका बेला प्रधानमन्त्रीपत्नी समेत रहेकी कांग्रेस नेता आरजु देउवाले पनि भारतीय नेतासँग भेट गरेकी थिइन् ।

सरकार गठन हुनुभन्दा अगाडि नै गठबन्धनका नेताहरूले हा शक्तिहरूका कम्फर्टेबल हुने वचनबद्धता व्यक्त गर्दै सरकार गठनका लागि सहयोग मागेका थिए सरकार गठन भए यसका क्रियाकलापहरू एकपछि अर्को गर्दै नेपालको राष्ट्रिय हितमा बाधा पुर्‍याउन बाह्य शक्तिहरुलाई रिझाउने र छिमेकीहरूसँग सम्बन्धको सन्तुलनलाई खल्बल्याउने कुरामा केन्द्रित रहेु ओलीले भनेका छन् ।उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग गरेको ऊर्जा विकास दीर्घकालीन अवधारणाको सहमति पनि प्रक्रियागत हिसाबले त्रुटिपूर्ण रहेको उल्लेख गरेका छन् ।

अपारदर्शी ढंगले पश्चिम सेती र सेती– ६ परियोजना भारतीय कम्पनीहरूलाई सुम्पने निर्णयले गम्भीर आश‌ंका जन्माएको छु ओलीको प्रतिवदेनमा छ,भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भूभाग फिर्ता गर्ने गरी सार्थक संवाद नगर्ने तर चीनसँग सीमाको अनावश्यक विवाद झिक्ने, महाकालीमा तुइन चुडिँदा, आफ्ना नागरिक वेपत्ता पारिँदा प्रतिवाद नगर्ने, एमसीसीलाई हदैसम्म गिजोलेर यसलाई भूराजनीतिक केन्द्रको विषय बनाउने, पछिल्लो समय राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौताका लागि मस्यौदा अगाडि बढाउने र हस्ताक्षरका लागि भित्री तयारी गर्नेजस्ता कामले सरकार कुन दिशामा अगाडि बढिरहेको छ भन्ने स्पष्ट पार्छन् ।

 

राजनीतिक प्रतिवेदनको पूर्णपाठ

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com