ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटमा कार्यदल अझै अलमल (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १० भदौ ।  सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । त्यसको मोडालिटीका बारेमा छलफल गर्नका लागि सबै दलबाट गरि ११ सदस्य रहने गरि कार्यदल गठन गरेका छन् । तर सत्ता गठबन्धनमा रहेका दलहरुलाई सबै निर्वाचन क्षेत्रमा गठबन्धन गरेर जान सजिलो भने देखिदैन । गठबन्धनलाई सिट बाँडफाँटका लागि खाँका बनाउनै सकस परिरहेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकालागि पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाएर काम गरिरहेको भएपनि अहिले सम्म बसेको सवै बैठक निष्कर्षविहीन बन्दै आएको छ । दलहरूबीच पटक–पटक छलफल भएपनि सिट बाँडफाँटको विषयमा भने अहिलेसम्म समझदारी बन्न सकेको छैन । गठबन्धनमा सहभागी दलहरुले कांग्रेस र अन्य चार दलले बराबरी सीट बाँडफाँड गर्नुपर्ने दाबी गरेपछि अभैmपनि टुङ्गो लाग्न समय लाग्ने देखिएको छ । यद्यपी, गठबन्धनका शीर्ष नेताले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाबारे विस्तृत प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो । गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

खासगरी माओवादीले ०७४ मा जितेका प्रत्यक्ष सिटलाई कायम राखेर ८१ सिटमा मात्रै बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । सो प्रस्तावलाई जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सकारात्मक रूपमा लिए पनि कांग्रेसले मानेको छैन । ०७४ मा प्रत्यक्ष जितेका निर्वाचन क्षेत्रलाई कायम राख्दा कांग्रेसमा दुई दर्जनभन्दा बढी नेता व्यवस्थापन गर्न चुनौती हुने र त्यसले देशभर असन्तुष्टि बढाउने तर्क कार्यदलमा रहेका कांग्रेस नेताहरूले राख्दै आएका छन् । यसैबिच कार्यदलले सिट बाँडफाँटका लागि २०७४ सालको निर्वाचनको नतिजा र भर्खरै सम्पन्न स्थानीय तहको चुनावको मतलाई आधार बनाउने सामान्य मापदण्ड बनाएको छ । मापदण्डको आधारमा आगामी बैठकमा सिट बाँडफाँटको प्रस्तावित खाका ल्याउन कार्यदललाई गठबन्धनको निर्देशन छ । सिट बाँडफाँटमै विवाद बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आसन्न निर्वाचनमा गठबन्धन बचाउने र चुनाव जित्नेगरी सिट बाँडफाँट हुने दावी गरेका छन् ।

सत्तागठबन्धनलाई प्रतिनिधि सभाका १६५ र प्रदेशसभाका ३३० सिटको बाँडफाँडको विषय चुनौतीपुर्ण बन्दै गएको छ । २०७४ सालको भएको निर्वाचनमा एमालेसँगको गठबन्धनमा साठी–चालीसको समझदारी बनेपछि माओवादीले ५७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । अहिले कांग्रेससँग उसले ५५ सिट दाबी गरेको छ । कांग्रेसले कम्तिमा ९० सिटमा दाबी राखेको छ । एकीकृत समाजवादी र जसपाले २५/२५ सिट मागेका छन् भने राष्ट्रिय जनमोर्चाको ५ सिटमा दाबी छ । प्रधानमन्त्री देउवाले सिट बाँडफाँटमा पहिला माओवादीलाई प्राथमिकता दिएका छन । कांग्रेस र माओवादीबीच समझदारी बनेपछि अन्य दलसँगको बाँडफाँट सहज हुने बुझाइ उनको छ । स्थानीय तह निर्वाचनको मत परिणाम, ०७४ को निर्वाचन परिणाम, दलहरुका आधार इलाका लगायतलाई आधार मानेर गठबन्धनले सिट बाँडफाँडलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । यस्तो अवस्थामा आन्तरिक द्धन्द्ध र सिट बा“डफा“डमा गठबन्धन दल हदैसम्म लचिलो हुनुपर्ने आवाज बलियो गरी उठिरहेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनले राजनीतिक दलहरूको हैसियत निर्धारण गर्ने र आगामी ५ वर्षको राजनीतिक समीकरण पनि सोही आधारमा हुने भएकाले सकेसम्म धेरै सिट आफ्नो पक्षमा पार्ने गरी दलहरूले रणनीति बनाइरहेका छन् । सोही कारण गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकस्सी झन्झन् कसिलो भइरहेको छ । कार्यदलको बैठकमा सिट बाँडफाँटको मापदण्ड बनाउनेबारे छलफल गरेर टुंगोमा पुगिएको र अहिलेसम्म कुनै पनि दलले औपचारिकरूपमा सिट दाबी नगरेको कार्यदलकै सदस्यहरुको गुनासो छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दम्भ देखाएको आरोप एकीकृत समाजवादी र नेकपा माओवादीसहितका सत्ता साझेदारहरुले लगाउदै गर्दा सिटसंख्या बाँडफाँडको विषय थप पेचिलो बन्दै गएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com