ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध संरचना ध्वस्त बनाउने अभियानको नेतृत्व लिएर आफैं मैदानमा खटिए मेयर बालेन (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र १०, २०७९ शुक्रबार  ११ : ४६ बजे

काठमाडौं, १० भदौ । काठमाडौं महानगरले महानगरभित्र बनेका अवैध संरचना भत्काउने अभियानलाई तीब्रता दिएको छ । महानगरले दिएको ३५ दिने सूचनाको अवज्ञा भएपछि महानगरले प्रहरीको सहयोगमा बानेश्वरका व्यापारिक मलदेखि सरकारी स्वामित्वमा रहेको काठमाडौं मलमा समेत डोजर लगाएर भत्काउने काम भएको छ । जुनसुकै निकायको भएपनि अवैध संरचना भत्काएरै छाड्ने महानगरको प्रतिवद्धता छ । स्थानीय निकायको चुनावमा मत माग्दा काठमाडौंको पार्किङ समस्या सम्बोधन गर्ने संकल्प गरेका महानगर प्रमुख बालेन्द्र शाह अवैध संरचना ध्वस्त बनाउने अभियानको नेतृत्व लिएर आफैं मैदानमा खटिएका छन् ।

काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर विहीबार पनि जारी राखेको छ । नया“बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको संरचना धमाधम भत्काइरहेको छ । मेयर बालेन्द्र शाह (बालेन)सहित नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोलीको उपस्थितिमा डोजरसहितको टोलीले विहिबार पनि अनधिकृत संरचना हटाएको छ । बुधबार सुनधारास्थित काठमाडौं मल र न्यूरोडस्थित आरबी कम्प्लेक्सको आसपासमा निर्माण भएका अनधिकृत संरचनामा डोजर लगाएर भत्काएको टोलीले विहिबार अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह ग¥यो । तर अल्फाबिटाका निर्देशक द्विराज शर्माले अवैधानिक काम नगरेको जिकिर गर्दै मेयरलाई डन नबन्न चेतावनी दिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने भदै दुवै पक्षवीच भनाभन समेत भएको थियो ।

मेयर बालेनले पुन मैले अफिस गएर नक्सा र डोजर लिएर अपरान्ह अल्फाबिटाको अवैध संरचना भत्काएका थिए । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन । फार्मेसी खाली गर्न लगाएर अवैध रुपमा हालेको सटरमा डोजर चलायो । यसअघि महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थियो । महानगरपालिकाले सो क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो । त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौ“लाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउदै महानगरले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । यता काठमाडौंका व्यापारीहरुले भने महानगरका मेयर बालेनले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । दशैंको मुखैमा व्यवसायीमाथि अन्याय भएको भन्दै उनीहरुले आपति जनाएका हुन् । काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुप्रयोग गरेको आरोप छ ।

अध्यक्ष श्रेष्ठले कानूनी राज्यमा महानगर पालिकाले व्यापार व्यवसाय गरेको पसल भत्काउँदै हिड्ने व्यवस्था नभएको बताए । भाडा र घरबेटीस“ग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने व्यवसायीहरुको माग छ । महानगरले भने विगतमा झै मनोमानी नचल्ने र यो कार्य अभियानको रुपमा नियमित चल्ने जनाएको छ । उक्त कार्य सुरु गरेस“गै आगामी दिनमा पार्किङको समस्या समाधानस“गै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास छ । प्रमुख साहले सामाजिक सञ्जालमार्फत अवैध संरचना भत्काउ“दा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले हदैसम्मको पहल गर्ने जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार आफनै ढंगले ढल्दैछ ः एमाले सांसद, साजिदा

कांग्रेस विवाद टुंगियो ः कांग्रेस नेता, धनराज भिडियो

सम्बन्धित

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com