काठमाडौँ, ९ भदौ । बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्टलाई डोजरले भत्काउन सुरु गरेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहकै नेतृत्वमा डोजरलाई अल्फाबिटा कम्लेक्समा प्रवेश गराइएको हो । अहिले कम्प्लेक्सका कर्मचारी र महानगरका नगरप्रहरीबीच वादविवाद भइरहेको छ ।
कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । बालेनले भवनको विद्युत अवरुद्ध नहुने गरी भत्काउन निर्देशन दिएका छन् ।कम्प्लेक्सको भुईंतल्लामा रहेको अल्फा केयर फार्मेसीमा डोजर लगाउने तयारी गरिएको छ । भित्र रहेका अन्य संरचनाहरु पनि भत्काइने छ । बेसमेन्टको अवैध प्रयोग गरिएको भन्दै महानगरले हटाउन थालेको हो ।
अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ।
बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्