ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक


एबीसी / संवाददाता

काठमाडौं, भदौं ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ । केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले अगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समयतालिका तय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको रक्षा, संसद् पुनःस्थापना, मुलुकमा राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

देशभरका लोकतान्त्रिक समाजवादी शक्ति एक ठाउँ भएर मुलुकको स्थिरता र स्थायित्वका लागि संसद् पूर्णकाल सञ्चालन गरी आगामी मङ्सिर ४ गते निर्वाचन गर्न लागिएको उहाँले जानकारी दिँदै निर्वाचनमा साझा उम्मेदवार उठाइने बताउनुभयो ।

प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको जानकारी दिनुभयो । पार्टी स्थापनाको एक वर्षका अवधिमा दुई लाखभन्दा बढी व्यक्ति पूर्णकालीन सदस्य तथा पाँच लाख साधारण सदस्य भएको उहाँले जनाउनुभयो ।

पाँच हजार वडा विस्तार गरेको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिएको थियो । निर्वाचनमा नौ लाखभन्दा बढी मत प्राप्त भएको पार्टीले जनाएको छ ।
नेकपा ९एमाले०को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै नेता तथा कार्यकर्ताको विद्रोहबाट पार्टीको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com