ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक


एबीसी / संवाददाता
भाद्र ९, २०७९ बिहीबार  ५ : ३४ बजे

काठमाडौं, भदौं ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ । केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले अगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समयतालिका तय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको रक्षा, संसद् पुनःस्थापना, मुलुकमा राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

देशभरका लोकतान्त्रिक समाजवादी शक्ति एक ठाउँ भएर मुलुकको स्थिरता र स्थायित्वका लागि संसद् पूर्णकाल सञ्चालन गरी आगामी मङ्सिर ४ गते निर्वाचन गर्न लागिएको उहाँले जानकारी दिँदै निर्वाचनमा साझा उम्मेदवार उठाइने बताउनुभयो ।

प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको जानकारी दिनुभयो । पार्टी स्थापनाको एक वर्षका अवधिमा दुई लाखभन्दा बढी व्यक्ति पूर्णकालीन सदस्य तथा पाँच लाख साधारण सदस्य भएको उहाँले जनाउनुभयो ।

पाँच हजार वडा विस्तार गरेको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिएको थियो । निर्वाचनमा नौ लाखभन्दा बढी मत प्राप्त भएको पार्टीले जनाएको छ ।
नेकपा ९एमाले०को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै नेता तथा कार्यकर्ताको विद्रोहबाट पार्टीको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

सम्बन्धित

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com