काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको जारी तीनै तहका कमिटी बैठकमा वाम एकताको पक्षमा आफ्नो बेग्लै प्रस्ताव पेस गरेका छन् ।अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गरेका थिए । यद्यपि उनको सो प्रस्ताव औपचारिक रूपमा सार्वजनिक भएको छैन ।
बिहीबारको पोलिटब्युरो बैठकमा पनि भुसालले आफ्नो मत लैजाँदैछन् । घनश्याम भुसालको प्रस्तावमा उनले यसअघि सार्वजनिक रुपमा व्यक्त गर्दै आएका कुरा नै समेटिएका छन् ।भुसालले नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने भन्दै माओवादी वा नेकपा एसबाट त्यो सम्भव नहुने तर्क गरेका छन् । उनले अझै पनि वामपन्थी दलहरू एकजुट भएर जनताबीच स्वेतपत्र जारी गरेर जाने हो भने दुईतिहाइ बहुमत प्राप्त हुने दाबी गरेका छन् ।
नेकपाकालीन विवाददेखि पछिल्ला घटनाक्रमसम्म सबै पक्षका गल्ती रहेको स्वीकार गर्न हिच्किचाउन नहुने बताएका छन् । उनले चुनावअघि नै वामपन्थी एकता कसरी हुन्छ भन्नेबारे प्रस्तावमा खुलाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्