ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले राजीनामा दिन्छु भन्नुभएको छ – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
भाद्र ९, २०७९ बिहीबार  ८ : ०२ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । सत्तारूढ दल कांग्रेसका एक शीर्ष नेताकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग राष्ट्रपति भण्डारीले राजीनामा दिने तयारी गरेको बताएका छन् ।

राष्ट्रपतिले बुधबार सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीहरूलाई शितलनिवासमा बोलाएकी थिइन् । स्रोतकाअनुसार आफूले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले फेरि हुबहु पारित गरेपछि राष्ट्रपति असन्तुष्ट बनेकी छन् । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता पठाइदिएपछि नागरिकस्तरबाट उनको तारिफ भएको थियो । त्यही पब्लिक सेन्टिमेन्ट क्यास गर्ने रणनीति एमालेको हुनसक्ने कांग्रेस नेताहरूको बुझाइ छ । यद्यपि कतिपयले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाउँदै आएका छन् ।

राष्ट्रपतिको सम्भावित राजीनामालाई कांग्रेस नेताहरूले एमालेको चुनावी चालका रूपमा अर्थ्याएका छन् । आगामी चुनावमा नागरिकताकै मुद्दालाई बलियो बनाउन एमालेले चाल चालेको उनीहरूको बुझाइ छ ।

सत्ता गठबन्धनको शीर्ष नेतृत्वमा पनि उनको सम्भावित राजीनामाबारे छलफल भइरहेको छ । नेताहरूले उनको राजीनामाले पार्ने प्रभावबारे विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहेका छन् ।

यसै क्रममा हिजो राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकिछिन् ।

छलफलका क्रममा सेनाका पूर्व जर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । यसअघि राष्ट्रपति भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । तर गएको २ गते प्रतिनिधि सभाको बहुमतबाट  विधेयक जस्ताको त्यस्तै स्वीकृत भइसकेको छ । प्रतिनिधि सभाबाट पुनः पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभामा पनि सत्तारूढ गठबन्धनकै बहुमत छ ।

राष्ट्रिय सभा बैठक आउँदो १२ गते बोलाइएको छ तर विधेयक कहिले पारित हुन्छ भन्ने निश्चित छैन । संविधानअनुसार संसदबाट दोस्रोपटक पारित भइ आएको विधेयक प्रमाणीकरण गर्नेबाहेकको अधिकार राष्ट्रपतिसँग छैन ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर राजीनामा दिनुहुन्छ भन्ने हल्ला पनि चल्न थालेको छ । तर हिजो सैनिक उच्च पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपतिले आफूले राजीनामा नदिने र कानुनी विकल्पहरु खोज्ने स्पष्ट गरेकिछिन् । छलफलमा सहभागी पूर्व सैनिक अधिकारीहरुले पनि राष्ट्रपतिलाई परिस्थितिको सामना गरेर अघि बढ्न, तर राजीनामा नदिन सुझाव दिएका थिए ।

पहिलोपटक ०७२ कात्तिक ११ मा राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी दोस्रोपटक ०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

सम्बन्धित

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com