ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ :अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
भाद्र ६, २०७९ सोमबार  ५ : ०० बजे

काठमाडौं, ६ भदौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उहाँको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

सो छानविन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आज बुझ्द उहाँले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैँमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले दोषीलाई कारवाही नगरे माओवादी कम्युनिस्ट पार्टी जस्तो पनि नरहने बताउनुभयो । “अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन”, उहाँले भन्नुभयो । उहाँले निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।

छानविन समितिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेष गरी मधेस प्रदेशमा विभिन्न जिल्लामा अन्तर्घात भएको तथा अन्य प्रदेशका केही जिल्लामासमेत समस्या रहेको भन्दै जिम्मेवारीअनुसार कारवाहीको सिफारिस गरिएको छ ।

समितिले देशभरका पाँच सयभन्दा बढी नेता तथा कार्यकर्तासँग बयान लिएको थियो । गत स्थानीय तहको निर्वाचनमा दुई सय स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण गरेको माओवादीले अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको भन्दै छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com