ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनमा अन्तर्घातबारे माओवादीको छानबिन समितिले प्रचण्डलाई बुझायो प्रतिवेदन : समितिको प्रतिवेदनमा के छ ?


एबीसी / संवाददाता

काठमाडौं, ६ भदौ, । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भएका अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको छानबिन समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय परेसिडाँडमा आयोजित कार्यक्रममा संयोजक टंक राईले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रको २५ असारको स्थायी समिति बैठकले राई नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।प्रतिवेदन बुझ्दै प्रचण्डल प्रतिवेदनमाथि पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘पदाधिकारीका बीचमा पनि छलफल गर्नेछौं’, उनले भने, ‘जरुरी प¥यो भने स्थायी समितिमा पनि छलफल गरेर निर्णयमा पुग्छौं ।’१५ दिन समय पाएको समितिले केही जिल्लामा स्थलगत अध्ययनमा जानुपर्ने भएका कारण समयमा प्रतिवेदन तयार पार्न नसकेको बताएको छ । छानबिन समितिले प्रदेश १ को उदयपुर र ताप्लेजुङ, मधेशको महोत्तरी र सिरहा, लुम्बिनीको बर्दिया लगायतका जिल्लामा स्थलगत अध्ययन गरेको थियो ।

के छ प्रतिवेदनमा ?

छानबिन समितिका संयोजक राईंले कसैलाई खेद्नका लागि नभई पार्टीलाई अनुशासित बनाउने गरी छानबिन गरेर प्रतिवेदन बुझाएको बताए । ‘पार्टी हितलाई, कम्युनिष्ट आन्दोलनलाई केन्द्रविन्दुमा राखेर छानबिन गरेका छौं’, उनले भने, ‘मान्छेहरुलाई पार्टीबाट खेद्नका लागि होइन । पार्टीप्रति प्रतिवद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट हाम्रो छानबिन र निष्कर्षहरु केन्द्रित छ ।’गल्ती गर्ने ठूला नेतालाई पनि कारबाहीको सिफारिस गरेको उनको भनाइ छ ।

‘हामीले भएको यथार्थ तथ्यलाई राख्ने कोसिस गरेका छौं’, उनले भने, ‘नेताहरुले उन्मुक्ति पाउने, कार्यकर्ता दण्डित हुने स्थिति हुँदैन । गल्ती गरेका ठूला नेता पनि कारबाहीको सिफारिसमा छन् ।’पार्टी कमिटीहरु विधिसम्मत नचलेको, उम्मेदवार छान्दा व्यापक छलफल नभएको लगायतका कारणले अन्तर्घात भएको पाएको संयोजक राईले बताए ।‘विधिसम्मत ढंगले कतिपय पार्टी कमिटीहरु नचेको, व्यापक छलफल र अन्तर्क्रिया नभएको यसले गर्दा व्यापक शंकाले समस्या उत्पन्न भएको देखियो’, उनले भने, ‘हामीले पार्टी कमिटी र पार्टी पंक्तिमा चुनाव अगावै यथेष्ट छलफल गर्नुपर्छ, उम्मेदवार बनाउँदा र उम्मेदवार बनाइसकेपछि पनि राम्रो संयोजन गर्नुपर्छ भन्ने सुझाव दिएका छौं ।’

माओवादी केन्द्रले स्थानीय चुनावका बेला विशेष गरी मधेश प्रदेशमा धेरै अन्तर्घात भएको बताउने गरेको छ । अन्तर्घातकै कारण देशभर ५० स्थानीय पालिकामा पराजय व्यहोर्नु परेको माअ‍ोवादीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com