काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्नका लागि नेताहरू मेडिसिटी अस्पताल पुगेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेताहरु शेखर कोइराला‚ रामचन्द्र पौडेल, अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतो लगायतले अस्पतालको प्राङ्गणमा रहेको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।
गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालयमा राखेपछि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा लैजाने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्