ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोप धनी कसरी भयो ?


एबीसी / संवाददाता

काठमाडौं, ५ भदौ ।  किन यति धेरै मुलुक गरिबै छन् जब कि केहीचाहिँ अत्यन्तै धनी भए ? हामी किन र कहाँ छौँ भन्ने बुझ्न सहयोग गर्ने स्रोतहरू

सन् २०२० मा विश्वले सन् १९३० को दशकको महामन्दीयताकै सबैभन्दा ठूलो आर्थिक संकुचन देख्यो । हामी अहिले फेरि सन् १९७० यताकै उच्च स्फीतिसँग जुझिरहेका छौँ । औद्योगिक क्रान्ति किन अठारौँ शाताब्दीमै र किन पश्चिम युरोपमै सुरु भयो रु किन यति धेरै मुलुक गरिबै छन्, जब कि केहीचाहिँ अत्यन्तै धनी भए रु अनि विगतको तुलनामा आहिलेको कामको स्वरूप कस्तो छ रु यी प्रश्नको उत्तर पाउन, आर्थिक इतिहास पल्टाउनु जरुरी हुन्छ । विश्व अर्थतन्त्र किन र कहाँ छ भन्ने बुझ्न सहयोग गर्ने उत्तम अध्यनन सामग्री यी हुन सक्छन् स्

द वर्ल्डली फिलोसोफर्स : रोबर्ट हल्ब्रोनर

यो आर्थिक अवधारणाको इतिहासमा रुचि हुनेका लागि सबभन्दा उपयुक्त पुस्तक हो । पहिलोपटक सन् १९५३ मा प्रकाशित यो पुस्तकले आदम स्मिथदेखि थोमस माल्थस र कार्लमाक्र्ससम्मका प्रारम्भिक अर्थशास्त्रीलाई समेटेको छ । यो पुस्तक सरल र कुराकानीको शैलीमा लेखिएको छ । के आदम स्मिथ साँच्चै स्वतन्त्र–बजारका कट्टर पक्षधर हुन् रु सैद्धान्तिक बहसमा नअल्झीकन माक्र्सको पुँजीवादको पतनसम्बन्धी सिद्धान्तलाई उचितबोध गर्ने सवालमा यो पुस्तक अतुलनीय छ । प्रारम्भिक अर्थशास्त्रीबारे अझ सटिक र मिहिन ढंगले केलाइएको र सशक्त पुस्तकचाहिँ राजनीतिक अर्थशास्त्री जोसेफ सुम्पेटरको ‘हिस्ट्री अफ इकोनोमिक एनालाइसिस’ हो, तर त्यो अलि निरस छ । त्यसैले, हेलब्रोनरको ‘द ओल्र्डली फिलोसोफर्स’ बढी उत्तम हुन्छ । यो पुस्तक छोटो पनि छ, केही घन्टामै पढ्न सकिन्छ ।

द हन्ड्रेड इअर्स वार, भोल्युम्स १–४ : जोनाथन सुम्पनस

सयवर्षे युद्धको शृंखला पुँजीवाद सुरु हुनुभन्दा निकै पहिलेको हो । सन् १३४८ को ‘ब्ल्याक डेथ’भन्दा केही पहिलेबाट सुरु भएर १५औँ शताब्दीको मध्यताका समाप्त भएको सयवर्षे युद्ध इंग्ल्यान्डले थोपरेको फ्रान्सेली गृहयुद्ध थियो । यो पुस्तकले पुँजीवादभन्दा पहिले विभिन्न सरकार र राजनीति के–कति फरक थिए, १८औँ शताब्दीपछि तिनमा के परिवर्तन भयो भनेर देखाउँछ । राजाहरू आर्थिक वृद्धिबारे पर्वाह गर्दैनथे, अथवा उनीहरूलाई आर्थिक वृद्धि के हो भन्ने नै थाहा थिएन, उनीहरू कीर्ति चाहन्थे । कीर्ति राख्ने उद्देश्यका लागि उनीहरू रैतीलाई विनासुझ कर लगाउनमै खुसी थिए । राजाहरू अक्सर विजित भूमिलाई उत्पादनशील उद्देश्यमा लगाउनेभन्दा पनि बर्बाद गर्न नै उद्यत् रहन्थे । यो पुस्तकको चार ठेली छन्, पाँचौँ पनि आउँदै छ । तर, पूरै पढ्ने धैर्य नहुनेलाई चौथो ठेलीमा रहेको ‘मेन एट अर्मस’ सबभन्दा उत्तम छ, जसले युद्धको अर्थशास्त्रबारे जान्नुपर्ने सबैथोक बताउँछ ।

अ कल्चर अफ ग्रोथ :जोयल मोक्यर

यो पुस्तकले किन युरोप नै औद्योगीकृत हुने पहिलो क्षेत्र भयो भन्ने प्रश्नको विस्तृत विवरण दिन्छ । स्वतन्त्र बहस र स्वतन्त्र बजारका आवधारणा दैनिक जीवनमा कसरी घुलमिल भए भन्ने देखाउन संस्थाहरूमा केन्द्रित छ । सन् १६६० मा लन्डनमा स्थापित प्रसिद्ध संस्था रोयल सोसाइटीबारे मोक्यर प्रशस्तै कुरा गर्छन् । रोयल सोसाइटी विभिन्न वैज्ञानिकबीच उग्र असहमतिको स्थल थियो, जसले आफूलाई मानवता सुधारको साझा उद्देश्यका निम्ति काम गरिरहेको ठान्थ्यो । औद्योगीकरण किन युरोपमै भयो त रु निःसन्देह यसमा भूगोलले भूमिका खेल्यो । युरोप थुप्रै राज्यमा विभाजित भएकाले एउटा तेज बौद्धिक व्यक्ति सत्ताको प्रकोपमा पर्दा सजिलै अन्त जान सक्थ्यो विनाअवरोध । जब कि अन्य अधिकांश स्थानका स्वतन्त्र विचारकसँग सत्ताबाट उम्किने मार्ग एकदमै कम थियो ।

वार एज एन इकोनोमिक एक्टिभिटी इन द ‘लङ’ एटिन्थ सेन्चुरी : एनएमएम रोजर

यो सन्देश गहन भएको तर गम्भीरताका साथ नलिइएको छोटो जर्नल लेख हो, जुन प्रविधिको भूमिकामाथि केन्द्रित छ । सत्रौँ र अठारौँ शताब्दीमा पुँजीवादको उभारलाई बुझ्न नौसेनालाई बुझ्नैपर्ने हुन्छ । एक सफल नौसैनिक हुन तपाईंसँग राम्रा जहाज पर्याप्त संख्यामा हुन आवश्यक हुन्छ । समुद्रमाथि राज गर्न चाहने मुलुकले प्रविधिगत नवप्रवद्र्धनमा भारी लगानी गर्नुपर्ने हुन्छ । बदलामा यसको प्रभाव बाँकी अर्थतन्त्रमा पोखिन्छ । यसबाहेक, आफूसँग कुशल कर्मचारीतन्त्र पनि हुन आवश्यक हुन्छ । दृष्टान्तका लागि हजारौँ किलोमिटर पर जहाजहरूको आपूर्तिलाई नै लिऔँ । यसले सरकारलाई अझ उत्कृष्ट बन्न प्रोत्साहित गर्छ । उत्कृष्ट जलसेना भएका देशहरूमा नै सबभन्दा परिष्कृत अर्थतन्त्र हुनु कुनै संयोग होइन, यहीकारण सत्रौँ शताब्दीमा डच, अठारौँ शताब्दीमा फ्रान्स अनि १९औँ शताब्दीमा बेलायत हाबी रहे ।

इन्क्लोजर्स, कमन राइट्स एन्ड वुमन : द प्रोलेटेरियानाइजेसन अफ फ्यामिलिज इन द लेट एटिन्थ एन्ड अर्ली नाइन्टिन्थ सेन्चुरिज : जेन हम्फ्रेरिज द जर्नल अफ इकोनोमिक हिस्टोरी :भोल्युम ५० अंक १

यो आलेखमा एउटा पूूरै किताबले दिनेजत्तिकै अन्तरज्ञान समावेश छ । लेख पुँजीवाद आएपछि जीवनशैली कसरी परिवर्तन भयो भन्नेमा केन्द्रित छ । १७औँ शताब्दीदेखि १८औँ शताब्दीको पछिल्लो अवधिसम्मको प्रारम्भिक पुँजीवादी विकासको अवधिमा धेरैजसो मानिस घरमै सानो स्तरका म्यानुफ्याक्चरिङ ९उत्पादन० उद्योगहरूमा काम गर्थे । तर, भिक्टोरियन युगमा अधिकांश मानिस ठूला कारखानामा पुगे । यसले मानिसको दैनिक जीवनमा ठूलो प्रभाव पा¥यो । एक त बच्चाहरूको हेरचाह गर्न मुस्किल भयो । मानिसहरू धेरैजसो समय सहरमै बस्ने र यदाकदा मात्रै घर आउन थालेपछि घरमै खानेकुरा उत्पादन गर्न झन्–झन् कठिन हुँदै गयो । समयमाथिको उनीहरूको नियन्त्रण गुम्दै गयो । कारखानाका मालिकलाई बिहान ६ बजेदेखि नै कामदार चाहिन थाल्यो । यो खोजपत्रले मानिसको भौतिक कल्याणमा चमत्कारपूर्ण सुधारका बाबजुद पुँजीवादका अवगुण उजागर गर्छ ।

द क्लासिकल स्कुल स् द टर्बुलेन्ट बर्थ अफ इकोनोमिक्स इन ट्वान्टी एक्स्ट्राअर्डिनरी लाइभ्स स् काललुम विलियम्स

यो पुस्तकले आदम स्मिथदेखि डेभिड रिकार्डो र रोजा लक्जेम्बर्गसम्मका २० प्रभावशाली प्रारम्भिक अर्थशास्त्रीको बौद्धिक परिभ्रमण गरेको छ । पुस्तकमा केही शास्त्रीय अर्थशास्त्रीको विचार र जीवनबारे उपयोगी जानकारी पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेले छाडे सरकारी निवास

काठमाडौं, १३ माघ । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेमाथि झुटो विवरण बुझाएर सार्वजनिक लाभको पदमा पुगेको अभियोगमा कारबाही हुनसक्ने कानून व्यवसायीले बताएका छन्। पुस ११ गते पद

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

काठमाडौं, १३ माघ, । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।उनका प्रेस संयोजक नवराज

सम्बन्धित

रवि लामिछानेले छाडे सरकारी निवास

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com