ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले


एबीसी / संवाददाता

काठमाडौं, ३ भदौ ।  नेकपा एमाले नेता डा. राजन भट्टराईले देशको पछिल्लो राजनीतिक परिस्थितीबारे कुरा गर्दै एमाले नीतिमा सही भएको पुष्टि भएको बताएका छन् । आगाामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । डा. भट्टराई भन्छन्, आन्तरिक तयारीमा व्यस्त छौं ।

पालिका, वडा तहमा सांगठानिक सुदृढिकरण एवम् प्रशिक्षण गर्ने त्यो सँगसँगै पालिट्ब्यूरो, केन्द्रीय कमिटी बैठकको तयारीमा छौं ।” उनले यो समय नन् पोलिटिकलदेखि लामो समय पार्टीमा काम गरेकाहरु एमाले प्रवेश गर्ने क्रम बढेको बताए । एमाले छोडेकाहरु फेरी पुनः पार्टीमा फर्केकाले यसले एमालेप्रतिको आकर्षण, विकास निर्माण लगायतमा एमाले नीतिमा सही भएको महसुस एवम् पुष्टि भएको उनको भनाइ छ । एबीसी टेलिभिजनसँग कुरा गर्दै भट्टराईले एमाले आमरुपमा सुदृढ रहेको, हिजोको भन्दा राम्रो रेस्पोन्स पाइरहेको बताए । “अरु सबै गठबन्धनमा जानुपर्ने, एक्लै एमालेसँग सकिँदैन भनेर गठबन्धन बनाउनुपर्ने अवस्था छ ।

जनतालाई हामीले जुन किसिमका विचार, दृष्टिकोण र राम्रा काम स्थापित गराएर लिएर जाने हो भने समृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा एमालेको नेतृत्वमा मात्रै सम्भव छ भन्ने जनताले बुझेका छन्”, उनले भने । विगतमा एमालेको ४० महिनाको कार्यकालको सरकार र अहिलेको सरकारबीच तुलना गर्न लागेकाले नेपाली कांग्रेसले पटक–पटक सत्ता पाउँदा वा सरकारको नेतृत्व लिदा यसले निकास दिन नसकेको उनको भनाइ छ ।

उनले भने, “अहिलेको गठबन्धन सरकार देश कसरी बनाउने, समाजलाई रुपान्तरण गर्ने र विकास र समृद्धिको बाटोतर्फ लानुपर्छ भन्ने सोचबाट बनेकै होइन । पाँचौ पटक देउवा प्रधानमन्त्री हुनुहुन्छ, बहुदलीय व्यवस्था सुरु भएदेखि नै विवादित सन्धी, सम्झौता उहाँकै पालामा भएको छ ।

त्यसो हुँदा कुनै उद्देश्य, प्राकृतिक विचार, दृष्टिकोण मिल्ने गठबन्धन नभई एमालेलाई सत्ता बाहिर पार्नका निमित्त मात्रै यो बनेको उनले बताए । यसकारण, एमाले सामु थुप्रै चुनौतीहरु भएपनि आमरुपमा सकारात्मक धारणा पाएको र पार्टीको भूमिका, नीतिगत तरिकालाई कार्यान्वयन गरेर अघि बढ्ने उनले बताएका छन् ।सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरु कांग्रेसको नेतृत्वमा समाजवाद आउछ भन्ने भ्रममा रहेको उल्लेख गरे । देश भित्र र बाहिर राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राखेर कुनै पनि मुलुकको पक्षमा छैनौं भनेर अघि बढ्नुपर्ने तर त्यसो नभएको उहाँले भन्नुभयो । “कांग्रेसको पछाडि लागेर, दक्षिणपन्थीलाई नेतृत्वमा राखेर समाजवाद आउँदैन । नाम चाहिँ वामपन्थी, काम चाहिँ दक्षिणपन्थी गरेर वामपन्थी एकता सम्भव छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com