ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्यको शपथ आइतबारका लागि तयारी , कुन कुन भवनमा प्रयोग गर्दैछन् प्रदेश प्रमुख ?


एबीसी न्यूज

काठमाडौं, ६ माघ ।  शुक्रवार नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ । प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउनेगरी प्रदेश प्रमुखहरु शनिबार आ–आफ्नो कार्यक्षेत्र पुग्दैछन् ।

निर्वाचन आयोगले हिजो शुक्रबार नै प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य चुनावको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखहरू आ–आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा जुटेका हुन् ।

आयोगले आउँदो २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि आइतबार नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यसैले आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ गराउने तयारी छ । प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा जति सक्दो चाँडो कर्मचारी पठाउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि आइतबारसम्म कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।
प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाउनु भएको छ । काठमाण्डौमा राष्ट्रपति बाट शपथ लिएका प्रदेश प्रमुखहरु आ–आफ्नो प्रदेशको राजधानी पुग्ने भएका हुन ।

कहाँ कहाँ वस्ने भए प्रदेश प्रमुख ?
प्रदेश नम्बर १ को मुकाम विराटनगरमा क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय बनाएर रंगरोगन सुरु गरिएको छ । दुई नम्बर प्रदेशमा जनकपुरको शहरी तथा भवन डिभिजन कार्यालयको भवनमा प्रदेश प्रमुखको कार्यालय राख्ने तयारी छ । क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा ३ नम्बर प्रदेशका प्रमुखको कार्यालय राखिने छ ।

पोखराको अध्यागमन कार्यालय वा क्षेत्रीय प्रशासन कार्यालय मध्ये एक ठाउँमा ४ नम्बर प्रदेशका प्रमुखको कार्यालय बनाइएको छ । बुटवलको सीप विकास केन्द्र, राजश्व अनुसन्धान केन्द्र वा उद्योग व्यापार संघको भवनमध्ये एक ठाउँमा प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी छ । सुर्खेतको क्षेत्रीय वन निर्देशनालय तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय बनाइएको छ । ७ नम्बर प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय भवनको खोजी भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com