ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्यको शपथ आइतबारका लागि तयारी , कुन कुन भवनमा प्रयोग गर्दैछन् प्रदेश प्रमुख ?


एबीसी न्यूज
माघ ६, २०७४ शनिबार  ९ : ३३ बजे

काठमाडौं, ६ माघ ।  शुक्रवार नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ । प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउनेगरी प्रदेश प्रमुखहरु शनिबार आ–आफ्नो कार्यक्षेत्र पुग्दैछन् ।

निर्वाचन आयोगले हिजो शुक्रबार नै प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य चुनावको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखहरू आ–आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा जुटेका हुन् ।

आयोगले आउँदो २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि आइतबार नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यसैले आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ गराउने तयारी छ । प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा जति सक्दो चाँडो कर्मचारी पठाउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि आइतबारसम्म कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।
प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाउनु भएको छ । काठमाण्डौमा राष्ट्रपति बाट शपथ लिएका प्रदेश प्रमुखहरु आ–आफ्नो प्रदेशको राजधानी पुग्ने भएका हुन ।

कहाँ कहाँ वस्ने भए प्रदेश प्रमुख ?
प्रदेश नम्बर १ को मुकाम विराटनगरमा क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय बनाएर रंगरोगन सुरु गरिएको छ । दुई नम्बर प्रदेशमा जनकपुरको शहरी तथा भवन डिभिजन कार्यालयको भवनमा प्रदेश प्रमुखको कार्यालय राख्ने तयारी छ । क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा ३ नम्बर प्रदेशका प्रमुखको कार्यालय राखिने छ ।

पोखराको अध्यागमन कार्यालय वा क्षेत्रीय प्रशासन कार्यालय मध्ये एक ठाउँमा ४ नम्बर प्रदेशका प्रमुखको कार्यालय बनाइएको छ । बुटवलको सीप विकास केन्द्र, राजश्व अनुसन्धान केन्द्र वा उद्योग व्यापार संघको भवनमध्ये एक ठाउँमा प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी छ । सुर्खेतको क्षेत्रीय वन निर्देशनालय तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय बनाइएको छ । ७ नम्बर प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय भवनको खोजी भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com