काठमाडौं, २ भदौ । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन सत्तारुढ दलहरुको गठवन्धनले बनाएको कार्यदलले सिट बाडँफाँडको टुंगो लगाउन नसकेपछि बैठक बस्न लागेको गठबन्धनका एक नेताले बताए ।
हिजोको कार्यदलको बैठक कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए ।उनले बैठक सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गरे । तर, सिट बाँडफाँडका विषयमा के के प्रगति भयो भन्ने खुलाएनन ।‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएपछि आज शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्