ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरु आ–आफ्नै दाबीसहित चुनावी रणनीतिमा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १ भदौ  ।मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा दलहरुबीच सिट बाँडफाँटका लागि मोडालिटी बनाउन निरन्तर छलफल हुदै आएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट डा. बाबुराम भट्टराई र वामदेव गौतम चुनाव लड्ने भएपछि गठबन्धनमा यस विषयमा थप छलफल भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा आगामी संघीय निर्वाचनमा सिट बाँडफाँटका बनेको कार्यदलमा निरन्तर छलफल चल्दै आएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो कार्य गर्न कार्यदललाई निर्देशन दिएका छन् । कार्यदलले पनि यही तहमा सहमति जुटाएर नेतृत्व तहमा प्रतिवेदन बुझाउने बताएको छ । यसअघि गठबन्धनको नेतृत्व गरेको कांग्रेसले गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाउने भन्दै आएपनि मंगलबार बालुवाटारमा बसेको कार्यदल बैठकमा २०७४ साल र गएको स्थानीय तहको निर्वाचन मतपरिणाम दुवैलाई आधार मान्ने सहमति जुट्यो । प्रधानमन्त्री देउवाले गठबन्धनमा अन्याय सिट बाँडफाँटमा अन्याय नहुने बताए । कांग्रेसले स्थानीय जनप्रतिनिधिलाई चुनाव केन्द्रीत दुई दिने अभिमुखीकरण कार्यक्रम ग¥यो । कांग्रेसले भदौ १० देखि २४ गतेसम्म देशका ७७ वटै जिल्लामा चुनाव केन्द्रीत कार्यक्रम गर्दैछ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हसियाँ हथौडाबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई संघीय निर्वाचन लड्दैछन् । माओवादीबाट अलग भएका भट्टराइले २०७३ सालमा नयाँ शक्ति पार्टी गठन गरेका थिए भने चुनाव चिन्ह आँखाबाठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनाव जितेका थिए । पूर्व माओवादी नेता भट्टराईले २०६४ सालमा गोरखा क्षेत्र नम्बर २ र २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई फेरी पुरानै पार्टी माओवादीको चुनाव चिन्हबाट यो पटक लड्दैछन् । यसैगरी पूर्व एमाले नेता वामदेव गौतम पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट आगामी चुनावमा प्रतिस्पर्धा गर्दैछन् । माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने स्वीकृति ग¥यो । भट्टराईको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एमता राष्ट्रिय अभियान पार्टी माओवादीबाट चुनाव लड्ने विषय सत्ता गठबन्धनमा पनि छलफल भएको छ । यस विषयमा विभिन्न शर्तहरु भएकाले माओवादीको स्थायी कमिटी बैठक बुधबार फेरी बस्ने पापर्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी निर्वाचनको तयारीमा तीव्र जुटेको छ । एमाले सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा एमाले एक्लै लडे ३९ सिट जित्ने दाबी गरेका छन् । उनका अनुसार आगामी निर्वाचनमा समानुपातिसहित एमालेले ८० सिटको हाराहारीमा जित्नेछ । पछिल्लो समय राजधानीमा आयोजित एक कार्यक्रममा उनले १६५ प्रत्यक्ष तर्फमध्ये एमाले ३९ सिट जित्ने र ७० मा कडा प्रतिस्पर्धा हुने बताएका हुन् । पछिल्लो समय गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक अभिव्यक्ति दिएपनि यो पटक वाम गठबन्धनको मौका फुत्किसकेको छ । यो समय नेपाली कांग्रेस वा सत्ता गठबन्धनका दलहरुलाई रोष प्रकट गरेरै समय व्यतित गरे एमाले झनै खस्कने छ । आफ्नै शक्ति र संगठनको बलमा आगामी चुनावी तयारीमा रहेको एमाले प्रतिपक्षमा रहेका साना दलहरुसँग गठबन्धन गर्न सक्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोप्रति मधेसवादी दलहरु असन्तुष्ट छन् । यो प्रकरणमा प्रतिपक्षी दल एमालेको भूमिका खेलेको आरोप राष्ट्रपतिमाथि लागेको छ । एमालेसँग नजिक जस्तो देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतानित्तक समाजवादी पार्टीले पनि राष्ट्रपतिको यो कदमको आलोचना गरेको छ । जसले गर्दा आगामी निर्वाचनमा लोसपा सत्ता गठबन्धनसँग नजिकने र एमालेसँग टाढा हुने सम्भावना थप बढेको देखिन्छ । सत्ता गठबन्धनको पनि आगामी चुनावी रणनीतिका सम्बन्धमा मंगलबार पनि बैठक बस्यो । गठबन्धनको निरन्तर बस्दै आएको कार्यदलको बैठक बुधबार दिउँसो पुनः बस्नेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु त्यसको तयारीका लागि आ–आफ्नै रणनीतिमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com