पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमवार पोखरा आउनुभएको छ । मङ्गलवार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एअरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो ।राष्ट्रपति भण्डारी पोखराको विरौटामा रहेको होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ ।
उहाँ मङ्गलवार बिहान साढे ८ बजे पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्यवासिनी मावि बाटुलेचौरको हीरक जयन्तीमा सहभागी हुनुहुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति मङ्गलवार नै दिउँसो १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाण्डौ फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्