ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ : नेता खनाल


एबीसी / संवाददाता
श्रावण ३०, २०७९ सोमबार  १० : ५८ बजे

इलाम, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।आज इलाममा पत्रकारहरुसँग कुरा गर्दै खनालले ुअन्य विधेयक जस्तो बहुमत भयो पास गर्दियो जस्तो गर्न नमिल्ने तर्क गरे ।

‘नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ,’ उनले भने, ‘नेपाल जस्तो देशका लागि जनसांख्यिक अतिक्रमणबाट जोगिनु पर्छ ।’ उनले राष्ट्रपतिले किन संसदमा फर्काएको भन्ने आफूले अध्ययन नगरे पनि दिर्घकालीन सोच राखेर यस्तो विषयमा अघि बढ्नुपर्ने तर्क गरे ।खनालले ५ दलीय गठबन्धन कायम रहने बताउँदै इलाम १ बाट पुन प्रतिनिधिसभाका लागि चुनाव लड्ने संकेत गरे । उपचारपछि आफूमा नयाँ जोश र जाँगर आएको बताउँदै अबको समय पनि सक्रिय राजनीतिमा व्यतित गर्ने उनको भनाइ थियो ।

वाम गठबन्धनको सधैं सम्भावना रहेपनि यो पटक एकता गर्ने पक्षमा कुनै पनि प्रमुख वाम दलका नेताहरु नरहेको उनको भनाइ थियो ।अघिल्लो संसदीय निर्वाचनमा इलाम १ बाट १७ हजार धेरै मत अन्तरले खनाल विजयी भएका थिए ।

पार्टी विभाजनपछि भएको स्थानीय निर्वाचनमा नेकपा एसले पाएका दुई पालिकाका प्रमुखमध्ये सूर्योदय नगरपालिकाको मेयर विजयी भएका छन् भने माइजोगमाई गाउँपालिकाका अध्यक्ष पराजित रहेका थिए । सूर्योदयको नगर कार्यपालिका र जिसस गठनमा नेकपा एसले एमालेसँग तालमेल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com