काठमाडौं, २९ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनलाई निर्वाचन आयोगले नचिन्ने बताएका छन् । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनतः गठबन्धनलाई आयोगले नचिन्ने बताएका हुन् । निर्वाचनमा उम्मेदवार भएकाहरूको मात्र चुनाव चिन्ह राखिने भन्दै उनले निर्वाचनमा भाग नलिएका पार्टीको चुनाव चिन्ह मतपत्रमा नराखिने बताए । कुनै जिल्लामा चार जना मात्र उम्मेदवार भएको अवस्थामा आयोगले निर्वाचनमा सातै उम्मेदवार हुनुपर्छ भन्न नमिल्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्