ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतका प्रधानमन्त्री जोनसन डेली मेलमार्फत पत्रकारितामा फर्किनसक्छन्


एबीसी / संवाददाता
श्रावण २८, २०७९ शनिबार  ९ : १६ बजे

काठमाडौँ । प्रधानमन्त्री बन्नुभन्दा तीन दिनअघि बोरिस जोनसनको अन्तिम स्तम्भ डेली टेलिग्राफमा प्रकाशित भयो। जसमा उनले १९६९ को चन्द्र अवतरणबाट पाठ सिक्दै ब्रेक्जिट लागू गर्न आह्वान गरेका थिए।

यस्तो राजनीतिक अन्तर्दृष्टि सस्तैमा आउने कुरा थिएन। जोनसन आफ्नो साप्ताहिक विचार स्तम्भका लागि महिनाको १० घण्टा काम गरेर २ लाख ७५ हजार पाउन्ड तलब खान्थे। तर, प्रधानमन्त्री रहँदा अनेक काण्डमा फसेपछि टेलिग्राफका शीर्षकहरु जोनसनप्रति निष्ठुर हुँदै गए। त्यसैले प्रधानमन्त्री निवासबाट निस्केपछि पत्रकारितामा फर्किन चाहने हो भने जोनसनले नयाँ घर खोज्नुपर्ने हुनसक्छ।

तर, उनीसँग अरु विकल्प छन्। डेली मेलले उनी पदबाट हटेपछि आफ्ना लागि स्तम्भ लेख्ने प्रस्ताव जोनसनकहाँ पुर्याएको स्रोतहरुले जनाएका छन्। यस्तो व्यवस्था भयो भने त्यो जोनसन र मेल दुवैका लागि फाइदाको विषय हुनसक्छ। जोनसन डेली मेलको माउ कम्पनीका प्रधान सम्पादक पौल डेक्राको सहकर्मी बन्ने अनुमान गरिएको छ।

अर्कोतिर, प्रधानमन्त्री जोनसन आम्दानीको नयाँ बाटो पनि खोज्दैछन्। किनभने पद छाडेपछि उनको तलब आधा घटेर ८४ हजार पाउन्ड हुनेछ।उनको सम्बन्धविच्छेद महंगो थियो, उनी आफ्ना सन्तानको खर्च पनि धान्दै छन्। ​

जोनसनलाई पत्रिकामा जागिरको प्रस्ताव गरिएको हो कि होइन भन्ने प्रश्नमा प्रधानमन्त्री कार्यालयले जवाफ दिन मानेन। डेली मेलका प्रवक्ताले पनि जवाफ दिएनन्।

जोनसन लामो समयदेखि डेली टेलिग्राफमा आबद्ध थिए। जहाँ उनले आफ्नो राजनीतिक करिअरको अधिकांश समय साप्ताहिक स्तम्भ लेखे। जसबाट कमाएको २ लाख ७५ हजार पाउन्डलाई उनले कुनैबेला ‘कुखुराको चारो’ मात्र हो भनेका थिए। तर, प्रधानमन्त्रीको तलब बन्द भएपछि उनलाई त्यस्तो आम्दानीको आवश्यकता पर्नेछ।

अहिले जोनसन र डेली मेलबीच राम्रो सम्बन्ध छ। त्यो गतवर्षको भन्दा अलग हो। त्यतिबेलाका सम्पादक जोर्डी ग्रेगको नेतृत्वमा डेली मेल जोनसनको आलोचना गर्थ्यो। ग्रेगलाई डेक्राकै सहयोगी टेड वेरिटीले विस्थापित गरे।

पछिल्ला महिनामा डेली मेलले जोडदार रुपमा प्रधानमन्त्रीको बचाउ गरिरहेको छ। पद छाडेपछि जोनसनले भाषण शुल्कबाट दसौँ लाख पाउन्ड कमाउनेछन्। त्यस्तै, उनले धेरै पहिलेदेखि लेख्ने भनेको शेक्सपियरको जीवनीबाट पनि पैसा आउनेछ।

आफू र पत्नी बस्दैआएको घर १६ लाख पाउन्डमा बिक्रीमा राखेपछि उनी नयाँ घर पनि खोजिरहेका छन्। जोनसन डेली मेलमा आबद्ध भए टेलिग्राफसँगको उनको लामो सम्बन्ध टुट्नेछ। टाइम्सले एउटा उद्धरण बंग्याएको आरोपमा बर्खास्त गरेका युवा पत्रकार जोनसनलाई टेलिग्राफले दोस्रो मौका दिएको थियो। जोनसन पछि टेलिग्राफको चर्चित ब्रसेल्स संवाददाता बने। जहाँबाट उनले युरोपेली संघका उट्पट्याङ नीतिनियमबारे लेखे। तिनै नियमले ब्रेक्जिटको बाटो खोल्यो। पछि उनी स्तम्भकार भए र राजनीतिमा छिरे। तैपनि पछिल्लो समय टेलिग्राफले खुलेर जोनसनको समर्थन गरेको छैन। गार्डियनबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com