काठमाडौं, २८ साउन । नेकपा माओवादी स्थायी कमिटी बैठक जारी छ । बैठक बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेपछि सुरु भएको बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पार्टी पदाधिकारी चयन एवं संगठनका विषयमा छलफल हुने बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जानुअघि बसेको स्थायी समिति बैठकमा नेताहरुले यथाशिघ्र पदाधिकारीको चयन गर्नुपर्ने माग गरेका थिए । बीचमा प्रचण्ड भ्रमणका कारण माओवादीका बैठक स्थगित भएको थियो ।
बैठकमा प्रचण्डले जापान भ्रमणबारे ब्रिफिङ समेत गर्दैछन् । बैठकमा निर्वाचनमा सत्तागठबन्धनका सहयात्री दलहरुसँग तालमेल गर्दा पार्टीको पोजिशनलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा समेत छलफल हुनेछ । सत्तारुढ दलहरुले तालमेलका लागि मापदण्ड बनाउन बनाएको कार्यदलको बैठक दुई पटकसम्म बसेको छ ।
प्रतिक्रिया दिनुहोस्