दाङ २६ साउन, । राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवलाई साउन २१ गते उनकी प्रेमीकाले फोन गरे पछि उनि साइकल चढेर राती ९ बजे तीन किलोमिटर टाढा उनको प्रमिकाको घर राजपुर–३ स्थित बेला पुगे ।
उनी पुग्ने वित्तिकै केही व्यक्ति आएर उनीमाथि कुटपिट गर्न थाले । इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा कुटपिट गरे । उनीमाथि कुट्ने अरु कोही नभएर उनकै प्रेमिकाको बुबा पाटेश्वर यादव थिए । पाटेश्वर मन्साराम पढ्ने स्कूलका शिक्षक पनि हुन् । मन्साराम र उनकी प्रेमिका एउटै विद्यालयमा अध्ययनरत छन् ।
शिक्षक पाटेश्वरले आफ्नी छोरी र मन्साराम बिच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाए, भेटन् बोलाए र किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्