ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी हेटौंडा तोकिएपछि यस्तो आयो महेश बस्नेतको प्रतिक्रिया


एबीसी न्यूज

 भक्तपुर, ५ माघ । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाएका छन् ।

टेक मिडिया हाउसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर उपयुक्त हुँदाहुँदै सरकारले हेटौंडा तोकेकोमा आपत्ति जनाए ।

३ नम्बर प्रदेशका सबै नागरिकका निम्ति भक्तपुर केन्द्रमा पर्ने र आवश्यक पूर्वाधार समेत रहेकाले प्रदेश राजधानी भक्तपुर बनउनुपर्ने उनले बताए । राप्रपा अध्यक्ष कमल थापाको राजनीति रक्षाको लागि सरकारले हेटौंडालाई प्रदेश राजधानी तोकेको बस्नेतको आरोप छ । सरकारद्धारा गठित कार्यदलको सुझाव विपरीत प्रदेश राजधानी हेटौंडा तोकिनु गलत भएको उनले बताए ।

बस्नेतले प्रश्न गरे रसुवादेखि सिन्धुलीसम्मका नागरिक र जनप्रतिनिधिलाई हेटौंडा कसरी पायक पर्छ ? चितवनबाट (आपतकालिन अवस्थामा) जहाजमार्फत २० मिनेटमै काठमाडौं आउन सकिने उनले बताए ।

सबै हिसाबले प्रदेश राजधानी भक्तपुर नै उपयुक्त हुने बस्नेतले दाबी गरे । निर्वाचनपछि कामचलाउको हैसियतमा रहेको सरकारले जथाभावी नियुक्ति र निर्णय गरेकोमा पनि सांसद बस्नेतले आपत्ति जनाए । कार्यक्रममा आयोजक टेक मिडया हाउसले बस्नेतलगायत भक्तपुरका नवनिर्वाचित सांसदलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com