ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानबाट अमेरिकी सभामुख फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान


एबीसी / संवाददाता

काठमाडौं,  १९  साउन ।अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमा वरपर सैन्य अभ्यास सुरू गरेको छ।

पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यासको घोषणा गरेको बिबीसीले जनाएको छ।बिहीबारदेखि सुरू हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमार्फत सैन्य अभियान सुरू गरेको जानकारी गराएका हुन्।

‘पीएलए (चिनियाँ जनमुक्ति सेना) ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ। चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ,’ उनले भनेका छन्। चीनको विरोधबीच आफ्नो छोटो भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी ताइवानबाट फर्किसकेकी छन्।

पलोसीले राजधानी ताइपेईमा राष्ट्रपतिसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।एउटा स्वशासित टापु ताइवानलाई चीनले आफ्नो भुभाग भएको दाबी गर्दै आएको छ।

यसैबीच चीनका विदेशमन्त्री वाङ यीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने चेतावनी दिएका छन्।

अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको चीनले आरोप लगाएको छ।यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको स्पष्ट पारेको छ।

चिनियाँ लडाकु विमानलाई चेतावनी दिन आफूहरूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले दाबी गरेको छ।ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ। छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्तासमेत गरिरहेको बताएको छ।

यसैबीच जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास सुरू गर्नु जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ।जी सेभेनका देशहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीनको बढ्दो तनावले यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको सचेत गराएका छन्। एक विधायकले ताइवानको भ्रमण गर्नु सामान्य विषय भएकाले चीनले यसलाई उचालेर सैन्य अभ्यास र आक्रमणको धम्की दिनु उचित नभएको उनीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

बालाजुमा आगलागी : घटनाको थप विवरण आउन बाँकी

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com