ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ


एबीसी / संवाददाता

काठमाडौं, १८ साउन ।  अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेको अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक समेत मानिनुहुन्छ । चीनले यो भ्रमणविरुद्ध यसअघि पनि चेतावनी दिएको थियो । चीनले चेतावनी दिए पनि ताइवान र आफ्नो सम्बन्धमा कुनै बदलाव नआउने अमेरिकाले चीनलाई जवाफ दिएको छ । चीनको परराष्ट्र मन्त्रालयले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ । सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com