ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवान पुगिन्


एबीसी / संवाददाता
श्रावण १८, २०७९ बुधबार  ८ : २० बजे

काठमाडौँ — चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।

अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ ।

यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो । पेलोसी मंगलबार रात ताइवान बसेर बुधबार त्यहाँको संसद्‍ भवन पनि पुग्ने तालिका छ ।

चीनमा भने पेलोसीको भ्रमणलाई लिएर सामाजिक सञ्जाल भरिएको छ । मंगलबार अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पेलोसीको भ्रमणबारे टिप्पणी गरेका छन् ।

कतिपयले ताइवानलाई फिर्ता लिनुपर्ने भन्दै चीनलाई आग्रह पनि गरेका छन् । मंगलबार मात्रै चिनियाँ अधिकारीले पेलोसीको भ्रमणलाई लिएर यदि उनी ताइवान पुगे चिनियाँ सेना मुकदर्शक बनेर नबस्ने भन्दै चेतावनी दिएका थिए ।

यस भ्रमणलाई लिएर गत साता पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षी जो बाइडेनसँगको एक घण्टा लामो वार्तामा पेलोसीको भ्रमणको प्रसंग उठाएका थिए । त्यसबेला पनि सीले अमेरिकालाई चेतावनी दिएका थिए ।

पेलोसीको भ्रमणसँगै अमेरिकी सभामुखको सचिवालयले मंगलबार नै विज्ञप्ति जारी गरेको छ । उक्त भ्रमणलाई इन्डो प्यासिफिक पारस्परिक सुरक्षा तथा आर्थिक साझेदारी र लोकतन्त्रिक सुशासनमा केन्द्रित यात्राको एक हिस्सा भएको विज्ञप्तिमा जनाइएको छ ।

पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलको ताइवान भ्रमणले ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकी अटल प्रतिबद्धता जनाउने पनि बताइएको छ ।

यससँगै चीनको परराष्ट्र मन्त्रालयले पनि पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यस भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको जनाएको छ । पेलोसीको भ्रमणलगत्तै चीनले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । यस भ्रमणले चीन–अमेरिकाको राजनीतिक सम्बन्धको संरचनामा गहिरो प्रभाव पारेको भन्दै चेतावनी दिइएको छ । चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता गम्भीर उल्लंघन गरेको पनि चीनले विज्ञप्तिमार्फत् जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com