ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका नेता अल जवाहिरीको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं । आतंकवादी समूह अल कायदाका नेता अल जवाहिरीको हत्या गरिएको छ । अमेरिकाले अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेर जवाहिरीको हत्या गरिएको अमेरिकी राष्ट्रपती जो बाइडेनले पुष्टी गरेका हुन् ।

गोप्य सूचनाको आधारमा आइतबार अमेरिकाले ड्रोन हमला गरेको बीबीसीले जनाएको छ । सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनको हत्या गरे पछि जवाहिरीले अल काइदाको नेतृत्व गर्दै आएका थिए । त्यसपछि पनि जवाहिरीलाई ओसामाको दाहिने हात भनेर चिन्ने गरिन्थ्यो ।

मिडिया रिपोर्टका अनुसार अमेरिकाको गुप्तचर विभाग सिआईएको टोलीले जवाहिरी माथि ड्रोन हमला गरेको थियो । तालिबान नेतृत्वको सैन्य सरकार आए देखिनै जवाहिरी अफगानिस्तानमा बस्दै आएको जनाइएको छ ।

अल जवाहिरीको हत्यापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै हामी अमेरिका र त्यहाँका जनतालाई कुनै खतरामा राख्ने कुनै पनि आतंककारीलाई नछोड्ने बताएका छन् ।

‘हामीले जवाहिरीलाई फेला पारेका छौं र मारेका छौं। हामी अमेरिका र त्यहाँका जनतालाई कुनै खतरा छोड्ने छैनौं। हामी अफगानिस्तानमा आतंकवाद विरुद्दको आक्रमण जारी राख्नेछौं।’ अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमण गरेसँगै तालिबानले उक्त हमलाले दोहा सम्झौता उलङ्घन गरेको भन्दै असनतुष्टी जताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भारतमा मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

ताइवानबाट अमेरिकी सभामुख फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

पेलोसीले ताइवान छाडेसँगै बढ्यो सैन्य टक्करको जोखिम

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

चिनियाँ चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवान पुगिन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com