ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यमा एमालेबाट २,३,४,५ र ७ प्रदेशबाट को को भए सिफारिस (नामावली सहित)


एबीसी न्यूज
माघ ५, २०७४ शुक्रबार   १ : ४६   बजे

काठमाडौं ,५ माघ। प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । प्रदेश कमिटीले भने आठ वटै सिटका लागि ५५ भन्दा बढी नाम सिफारिस गरेको सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।
जित्ने दाबी गरिएको एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।


प्रदेश ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर, राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।

प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् । एमालेले सो प्रदेशबाट ४ सिट पाएको छ । एमालेका अधिकांश प्रभावशाली युवा नेताले प्रदेश वा प्रतिनिधिसभाको टिकट पाउँदा खिमलाल र ठाकुर छुटेका थिए ।

एमालेले ५ नम्बर प्रदेशबाट २ खुला सदस्यको सिट पाउको छ । प्रदेश कमिटीले प्रदेश संयोजक बिष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको स्रोतले जनाएको छ ।

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनतीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group