ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यमा एमालेबाट २,३,४,५ र ७ प्रदेशबाट को को भए सिफारिस (नामावली सहित)


एबीसी न्यूज

काठमाडौं ,५ माघ। प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । प्रदेश कमिटीले भने आठ वटै सिटका लागि ५५ भन्दा बढी नाम सिफारिस गरेको सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।
जित्ने दाबी गरिएको एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।


प्रदेश ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर, राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।

प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् । एमालेले सो प्रदेशबाट ४ सिट पाएको छ । एमालेका अधिकांश प्रभावशाली युवा नेताले प्रदेश वा प्रतिनिधिसभाको टिकट पाउँदा खिमलाल र ठाकुर छुटेका थिए ।

एमालेले ५ नम्बर प्रदेशबाट २ खुला सदस्यको सिट पाउको छ । प्रदेश कमिटीले प्रदेश संयोजक बिष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको स्रोतले जनाएको छ ।

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनतीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com