ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा चुनावका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह् प्रदान


एबीसी न्यूज
माघ ५, २०७४ शुक्रबार  १२ : १८ बजे

काठमाडौं, ५  माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनाव प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह् प्रदान गरेको छ ।

आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली कांग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई (छाता) निर्वाचन चिह्न प्रदान गरेको छ ।

नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टी (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टी (जग), नेपाल परिवार दल (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास), नेपाल नौलो जनवादी पार्टी (चुच्चोले चिट्ठी बोकेको परेवा) चिन्ह दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो) विवेकशील साझा (तराजु), नयाँ शक्ति पार्टी नेपाल (देब्रे आँखा), नेपाल दलित पार्टी (इनार) राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई), बहुजन समाज पार्टी नेपाल (जिराफ), गान्धीवादी पार्टी नेपाल (भेडा), नेपाली जनता दल (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार (षटकोण) चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा जनाइएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनमा २०५६ जना मतदाताले भाग लिनेछन् । राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठजना संख्यामा सदस्यको छनोट हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ ।

कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीनजना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com