ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बुधबार नियुक्ति गरेका प्रदेश प्रमुखले पाउने सुविधा के के ?


एबीसी न्यूज
माघ ५, २०७४ शुक्रबार   १२ : ०९   बजे

काठमाडौं, ५ माघ । सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बुधबार प्रदेश नम्बर १ मा डाक्टर गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रमुख तोकिएको हो ।
प्रदेश प्रमुख तोकिएलगत्तै उनीहरुले पाउने सेवासुविधाबारे के के हुन्छ ?

  • प्रदेश सञ्चालन ऐनले प्रदेश प्रमुखले पाउने सेवा सुविधा तोकेको छ । प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपैयाँ हुन्छ । यसबाहेक हरेक वर्ष पोशाक सुविधा बापत १८ हजार रुपैयाँ छुट्टै पाइन्छ ।
  • अतिथि संस्कार तथा भैपरि खर्च ४० हजार रुपैयाँ तोकिएको छ । ऐनको अनुसुची २ मा प्रदेश प्रमुखले पाउने भत्ता र बिमाको सुविधा पनि तोकिएको छ । बीमा, पोशाक र भत्ता बाहेक नै प्रदेश प्रमुखको तलबभत्ता प्रत्येक महिना १ लाख ४ हजार रुपैयाँ हुन्छ ।
  • प्रदेश प्रमुखले १ लाख ५० हजारको बीमा सुविधा पाउँछन् । विदेश भ्रमण गर्दा प्रदेश प्रमुखले २ सय ५० अमेरिकी डलर भत्ता पाउने व्यवस्था छ । त्यस्तै देशभित्रै भ्रमण गर्दा ३ हजार रुपैयाँका दरले प्रतिदिनको भत्ता पाउने व्यवस्था गरिएको छ ।
  • प्रदेश प्रमुखले युरोपियन देश, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान, बहराइनको भ्रमण गर्दा २ सय ५० अमेरिकी डलरको ३३ प्रतिशत थप गरेर भत्ता पाउने छन् ।
  • भारतको चेन्नइ, हैदरावाद, बैङ्गलोर, मुम्बई, दिल्ली, कोलकाता, बङ्गलादेशको ढाका र चटगाउँबाहेक अन्य स्थानको भ्रमण गर्दा प्रदेश प्रमुखले २ सय ५० अमेरिकी डलरको ५० प्रतिशत रकम थप गरि प्रतिदिन भत्ता पाउने व्यवस्था छ ।
  • प्रदेश प्रमुख पदबाट हटेमा एक महिनाको पारिश्रमिक थप गरी तलब दिइने व्यवस्था छ । प्रदेश प्रमुखले आवासका लागि प्रदेश राजधानीमा सरकारी आवास पाउने छन् । आवास बनिनसक्दा सरकारले तोके बमोजिम भाडा पाउने व्यवस्था रहेको छ ।
  • त्यस्तै घरको मर्मतसम्भार सरकारले नै गर्छ । घरका लागि आवश्यक फर्निचरलगायतका सामानको सबै बन्दोबस्त सरकारबाटै हुन्छ । प्रदेश प्रमुखले गाडीसहित सम्पूर्ण सेवा सुविद्या पाउँछन् ।
  • प्रदेश प्रमुखको आवासको लागि टेलिफोन, कम्प्यूटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारले व्यवस्था गर्नेछ । प्रदेश प्रमुखको लागि सरकारले एकजना नीजि डाक्टरको पनि व्यवस्था गरिदिन्छ । उपचारका गर्दा लागेको सबै खर्च प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउने छ ।
  • त्यस्तै नेपालको अस्पतालमा उपचार गराउँदा १ जना कुरुवासहितको खर्च र विदेशमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ । प्रदेश प्रमुखले प्रत्येक महिना खाईपाई आएको रकम मुख्य चाडपर्वमा भत्ता स्वरुप पाउनेछन् ।
  • प्रदेश प्रमुखको नीजि सचिवालयमा १२ जना कर्मचारी रहने व्यवस्था रहेको छ । प्रमुख स्वकीय सचिव, सहस्वकीय सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक एक एक जना रहने छन् भने सवारी चालक र कार्यालय सहयोगी दुई दुई जना रहने व्यवस्था छ ।
  • त्यस्तै प्रदेश प्रमुखले आवश्यक ठानेमा विज्ञको नियुक्ति गर्न सक्नेछन् । विज्ञको सम्पूर्ण खर्च नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group