ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश मुकाममा जनताका काम के के हुन्छन त ? विवरण सहित


एबीसी न्यूज

काठमाडौं, ५ माघ । बुधबार मात्र सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि विभिन्न जिल्लाहरुमा विवाद बढिरहेका बेला जनता र प्रदेशबीच दैनिक रुपमा महत्त्वपूर्ण काम नपर्ने विज्ञहरुले बताएका छन् । प्रदेशको राजधानी अपायक भयो भनेर चिन्ता नलिन उनीहरुले सुझाव समेत दिएका छन् ।
स्थानीय तहको अधिकार हेर्दा थाहा हुन्छ, प्रदेशको राजधानी नजिक या टाढा हुँदा नागरिकलाई कुनै फरक पर्दैन । नागरिकका लागि आवश्यक सबै सरकारी काम स्थानीय तहबाटै हुन्छ ।

जन्म, मृत्यु, विवाह, बसाइँसराई, नाता प्रमाणितलगायतका सिफारिस र सेवा वडा कार्यालयबाट लिन सकिन्छ । जग्गाको नामसारी, किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा र लाजपुर्जा वितरण स्थानीय तहबाटै हुन्छ ।

सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, गाडीको कर, पर्यटन शुल्क, दण्ड जरिवाना, मालपोत कर पनि वडामै तिर्दा हुन्छ । गाउँपालिकाको केन्द्रसम्म पुग्न पर्दैन । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्तको सामाजिक सुरक्षा भत्ता पनि स्थानीय तहबाटै वितरण हुन्छ । माध्यमिक तहसम्मको परीक्षा स्थानीय तहले नै लिन्छ भने पाठ्यक्रम पनि स्थानीय तहबाटै बन्छ ।

कतिपय स्थानीय तहबाट यी काम सुरु भैसकेका छन् । ढिलो चाँडो अरु स्थानीय तहबाट पनि यो काम हुन्छ । ‘कर तिर्नेदेखि नागरिकताको सिफारिस बनाउनेसम्मका कुनै पनि कामको लागि राजधानी पुग्नुपर्दैन, सबै सेवा र सुविधा स्थानीय तहबाटै हुन्छ’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङलेभने ‘प्रदेशको राजधानी नजिक या टाढा हुनुले सामान्य नागरिकलाई फरक पार्दैन ।’

प्रदेश मन्त्री र सांसद मात्र राजधानी ओहोरदोहोर गर्ने हुन् । स्थानीय तह र केन्द्रबीच समन्वय गर्ने मुख्य सरकारी कार्यालय प्रदेश राजधानीमा हुन्छन् । प्रदेशको राजधानी हुनु प्रतिष्ठाको विषय मात्र हो ।

राजधानी भएपछि मन्त्रालय, प्रदेश संसद भवन, प्रदेशका मन्त्रीको निवास, सभामुखको निवास लगायत अरु सरकारी कार्यालय हुन्छन् । घरजग्गाको भाउ पनि   बढ्छ । राजधानीले आर्थिक र सामाजिक क्षेत्रमा मात्रै फरक पार्ने हो, स्थानीय बासिन्दाले पाउने सेवा सुविधामा कुनै असर पार्दैन ।
प्रदेशको स्थायी राजधानी अर्कै पनि हुन सक्छ

सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी टुंगो लगाएलगत्तै ठाउँठाउँमा समर्थन र बिरोधको भैरहेको छ । आफ्नो ठाउँमा राजधानी भयो भनेर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र धनगढीका बासिन्दा दंग छन् । अनि आफ्नो ठाउँमा राजधानी हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु चाहिँ अर्कै ठाउँको निर्णय भएपछि थप आक्रोशित भएका छन् ।

तर अहिले तोकिएको राजधानी अस्थायी मात्र हो । संविधानमा स्पष्ट लेखिएको छ –प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ । यो निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुनेछ ।

अहिले सरकारले प्रदेशसभा बैठकअघिको बाटो मात्र खोलिदिएको हो । अर्थात निर्णय नभएसम्मका लागि कार्य सञ्चालन गर्न अस्थायी ठाउँ तोकिएको मात्र हो ।

सरकारले अहिले तोकेको ठाउँ नै स्थायी राजधानी होइन । कहाँ राजधानी बनाउँदा उपयुक्त हुन्छ भनेर पछि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । आफ्नो प्रदेशका सबै नागरिकको भावनालाई सम्बोधन गर्दै उपयुक्त ठाउँमा राजधानी तोक्ने जिम्मा प्रदेशसभामा चुनिएका सांसदहरुको हो ।

आफ्नो प्रदेशको राजधानी तोक्ने अधिकार सुम्पेर सबै प्रदेशका नागरिकले आआफ्ना प्रतिनिधि चयन गरिसकेका छन् । अहिले आफ्नै ठाउँमा राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरुले पनि चुनावमार्फत प्रदेशको राजधानी तोक्ने जिम्मा आफ्ना सांसदहरुलाई दिइसकेका छन् ।

त्यसैले एउटा कुरा प्रष्ट छ, सडकमा प्रदर्शन र दबाबको बलमा राजधानी तोकिने होइन । प्रदेशसभाको चुनावमा विजयी भएका प्रदेश सांसदहरुले निर्णय गर्ने हो । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रदेश राजधानीबारे पुनर्विचार हुन सक्ने संकेत गर्नु भएको छ ।

बिहीबार स्वदेश फर्कने क्रममा विमानस्थलमा संचारकर्मी सगं कुरा गर्दै ओलीले अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेशसभाले प्रदेश राजधानीबारे उपयुक्त निर्णय लिन सक्ने बताएका छन् ।

अस्थायी राजधानी टुंगो लगाएलगत्तै ठाउँठाउँमा समर्थन र बिरोधको भैरहेको छ । आफ्नो ठाउँमा राजधानी भयो भनेर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र धनगढीका बासिन्दा दंग छन् । अनि आफ्नो ठाउँमा राजधानी हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु चाहिँ अर्कै ठाउँको निर्णय भएपछि थप आक्रोशित भएका छन् ।

तर अहिले तोकिएको राजधानी अस्थायी मात्र हो । संविधानमा स्पष्ट लेखिएको छ –प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ । यो निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुनेछ ।

अहिले सरकारले प्रदेशसभा बैठकअघिको बाटो मात्र खोलिदिएको हो । अर्थात निर्णय नभएसम्मका लागि कार्य सञ्चालन गर्न अस्थायी ठाउँ तोकिएको मात्र हो ।

सरकारले अहिले तोकेको ठाउँ नै स्थायी राजधानी होइन । कहाँ राजधानी बनाउँदा उपयुक्त हुन्छ भनेर पछि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । आफ्नो प्रदेशका सबै नागरिकको भावनालाई सम्बोधन गर्दै उपयुक्त ठाउँमा राजधानी तोक्ने जिम्मा प्रदेशसभामा चुनिएका सांसदहरुको हो ।

आफ्नो प्रदेशको राजधानी तोक्ने अधिकार सुम्पेर सबै प्रदेशका नागरिकले आआफ्ना प्रतिनिधि चयन गरिसकेका छन् । अहिले आफ्नै ठाउँमा राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरुले पनि चुनावमार्फत प्रदेशको राजधानी तोक्ने जिम्मा आफ्ना सांसदहरुलाई दिइसकेका छन् ।

त्यसैले एउटा कुरा प्रष्ट छ, सडकमा प्रदर्शन र दबाबको बलमा राजधानी तोकिने होइन । प्रदेशसभाको चुनावमा विजयी भएका प्रदेश सांसदहरुले निर्णय गर्ने हो । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रदेश राजधानीबारे पुनर्विचार हुन सक्ने संकेत गर्नु भएको छ ।

बिहीबार स्वदेश फर्कने क्रममा विमानस्थलमा संचारकर्मी सगं कुरा गर्दै ओलीले अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेशसभाले प्रदेश राजधानीबारे उपयुक्त निर्णय लिन सक्ने बताएका छन् ।

प्रदेशसँग सम्बन्धित काम  

  • प्रदेश प्रहरी र शान्तिसुरक्षा
  •  राष्ट्र बैंंकको नीतिअनुरुप वित्तीय संस्था सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
  •  रेडियो, एफएम, टेलिभिजन सञ्चालन
  •  घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवाशुल्क दस्तुर, दण्ड जरिबाना
  •  प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा
  •  प्रदेश तथ्यांक
  • प्रदेश स्तरको विद्युत्, सिँचाइ, खानेपानी, परिवहन
  •  प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय
  •  प्रदेशसभा, प्रदेश मन्त्रिपरिषद्
  • प्रदेशभित्रको व्यापार
  •  प्रदेश लोकमार्ग
  •  प्रदेश अनुसन्धान ब्युरो
  •  प्रदेश सरकारी कार्यालयको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय
  •  प्रदेश लोकसेवा आयोग
  • भूमि व्यवस्थापन, जग्गाको अभिलेख
  •  खानी अन्वेषण र व्यवस्थापन
  •  भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग
  •  प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन
  •  कृषि तथा पशु विकास, कलकारखाना, औद्योगीकरण, व्यापार व्यवसाय, यातायात
  •  गुठी व्यवस्थापन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com