ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फूलकुमारी महतो मेमोरियल अस्पतालमा शल्यक्रिया सहितको आँखा उपचार सञ्चालन हुने


एबीसी / संवाददाता

काठमाडौँ, १ साउन । सिराहाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा अब आँखाको शल्यक्रिया सहितका सेवा उपलव्ध हुने भएको छ । अस्पतालले तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा विभाग स्थापना गरि शल्यक्रिया सहितको सेवा उपलव्ध गराउने तयारी गरेको छ ।

शुक्रबार तिलगंगामा आयोजित एक कार्यक्रममा अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच एक सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा.उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गरेका छन् ।

सो पत्रमा फूलकुमारी मेमोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ती गरी आखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम संचालन गर्ने भन्ने रहेको छ ।

यस्तै सम्झौँता पत्रमा अस्पतालमा रहेको आँखा विभागलाई सुदृढीकरण गरी आँखाको शल्यक्रिया सेवा समेत संचालन गर्ने, उपयुक्त भौतिक पुर्वाधार एवं आँखाको बहिरंग विभागमा आवश्यक पर्ने आँखा जाँच मेशीन औजारको बन्दोवस्त गर्ने लगायतका व्यवस्था छ ।

यसैगरी आँखा उपचारका लागी यदि थप भवन निर्माण गर्नु परेमा निर्माण गर्ने, प्रतिष्ठानको व्यवस्थापनमा रहेको श्री रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर मार्फत उच्च प्रविधि र कुशल चिकित्सक सहितको टोलीबाट आँखाको शल्यक्रिया एवं अन्धोपन निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने समेत भनिएको छ ।

यसैगरी सम्झौँता पत्रमा प्रतिष्ठानले गुणस्तरीय आँखा उपचारको शल्यक्रिया सेवा प्रदान गर्ने सिलसिलामा समय समयमा आँखा स्वास्थ्य शिविर लगायतका विभिन्न सेवाहरु प्रदान गर्ने र शल्य चिकित्साका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि तथा सर्जिकल सामग्रीहरु उपलव्ध गराउने आदि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com