ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्थायी रुपमा तोकिएका राजधानी नै स्थायी हुने


एबीसी न्यूज
माघ ५, २०७४ शुक्रबार  ९ : ०३ बजे

काठमाडौं, ५ माघ ।  सरकारले बुधबार तोकेका अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको धारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । यसबाट प्रदेश संसद्को दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ ।

दुईतिहाइ बहुमत नपुग्दासम्म हाल तोकिएका अस्थायी राजधानी नै स्थायीसरह हुने भएका हुन ।

हाल विवादमा रहेका १, २, ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन । दुईतिहाइ बहुमत नपुग्दासम्म हाल सरकारले तोकेका अस्थायी राजधानी नै लामो समयसम्म स्थायी राजधानीसरह कायम हुने अवस्था देखिएको छ ।

विवाद नभएका ४ र ६ नम्बर प्रदेशमा भने स्थायी राजधानी तोक्न प्रदेशसभा सदस्यको दुईतिहाइ पुग्ने स्थिति छ त्यस क्षेत्रमा भने बहुमतले राजधानीको निणर्य गर्ने सक्ने भएको छ । ४ नम्बर प्रदेशको अस्थायी राजधानी पोखरा र ६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिएको छ।

प्रदेश अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई छ । प्रदेशसभाले स्थायी राजधानी नतोकेसम्म सरकारले तोकेबमोजिम प्रदेश राजधानीबाट कार्यसञ्चालन हुने संविधानमा उल्लेख छ । अहिलेको सरकारले तोकेको अस्थायी राजधानीलाई पनि नयाँ सरकारले परिवर्तन गर्न सक्छ तर प्रदेशसभामा दुईतिहाइ नपुग्ने बेलासम्म त्यो पनि अस्थायी नै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com