ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन २ गतेदेखि पाशुपतक्षेत्रमा राजमहायज्ञ गरिने


एबीसी / संवाददाता
असार २७, २०७९ सोमबार  ८ : ०३ बजे

काठमाडौं, २७ असार । आगामी श्रावण ०२, देखि १० गते सम्म रुद्राध्यायीको १४,६४१ आवृत्त पाठपूर्वकको अभिषेकात्मक अतिरुद्री महायज्ञ– राजमहायज्ञ गरिने भएको छ ।काठमाडौको पशुपतिमा आयोजित सेवापाठ वराहक्षेत्र चतराधामले जगद्गुरु श्रीरामानन्दाचार्य सेवापाठ वराहक्षेत्र रामकृष्णचार्यजी महाराजको सतङ्कल्पमा बिष्णु महायोगज्ञ ७०५ बर्ष पछि विश्वमा दोश्रो पटक र नेपालमा पहिलो पटक भए पश्चात पून उहाँकै सतसङ्कल्पमा पवित्र भूमि पशुपति क्षेत्रमा झण्डै ५०० याजकहरुद्धारा आगामी श्रावण ०२, २०७९ देखि श्रावण १०, २०७९ सम्म रुद्राध्यायीको आयोजना गरिएको छ ।

देशका मूर्धन्य दैवज्ञ, धर्माचार्य, तन्त्रविशारद एवं संस्कृतिविदहरुको संरक्षकत्व र निर्देशनमा हुने यस “रुद्र महायज्ञ“ को मिति साउन २ का दिन बिहान ११ बजे नेपाल उप–राष्ट्रपति श्री नन्दवहादुर पुनज्यूवाट विधिवत शुभारम्भ गरिने आज एक पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।

यज्ञ अवधिभर हरेक दिन विहान ६ बजे देखि अपरान्ह १ बजे सम्म “अतिरुद्राभिषेक” र अपराह्न ३–६ बजे सम्म सतसङ्ग लगायत भजन/कीर्तन/आध्यात्मिक झांकी आदिको प्रस्तुति हुनेछ भने २०७९ श्रावण ९ र १० गतेका दिन अपराह्न ३–६ वजे सम्म देश विदेशका सन्त महापुरुषहरुको विशेष सम्मेलन बताईएको छ । “स्वयम्भू” भगवान आशुतोषको क्षेत्रमै हुन गइरहेको अति दुर्लभ यस “रुद्र महायज्ञ“ मा सहभागी भई भगवान आशुतोषको कृपा प्रसाद प्राप्त गर्नु हुन सबैमा आग्रह समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com