ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकामा प्रदर्शनकारीले अझै छोडेनन् राष्ट्रपति निवास


एबीसी / संवाददाता

काठमाडौं, २७ असार ।  श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन्। जबसम्म राष्ट्रपति गोटाबाया राजपक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले पदबाट राजीनामा दिँदैनन् तबसम्म आफूहरू उनीहरूको घरबाट बाहिर ननिस्कने बताएका हुन्।

‘हाम्रो सङ्घर्ष अझै सकिएको छैन। राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेले नहटेसम्म हामी यो सङ्घर्ष अन्त्य गर्दैनौँ,’ विद्यार्थी आन्दोलनकारीका नेता लाहिरू वीरसेकरले एएफपी समाचार संस्थासँग भनेका छन्।

आर्थिक संकटमा फसेको टापु मुलुक श्रीलंकामा महिनौंदेखि राष्ट्रपति र राजापाक्षे सरकारविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन्। हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए। उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरू आइतबार दिउँसोको खाना पनि त्यहीँ खाएका थिए।चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरूले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरू त्यहाँभित्रको सुविधाको उपभोग गरेको देखिन्छ भने अर्कातिर उनीहरूले हास्यास्पद क्रियाकलाप पनि गरेका छन्।

जसका रोचक तस्बिर तथा भिडिओहरू बाहिर आएका छन्।

प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गरेको केहीबेरमै केही तस्बिरहरू बाहिरिए। जसमा उनीहरू स्विमिङ पुलमा  पौडी खेलिरहेका देख्न सकिन्छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन भित्रको भान्सा पनि प्रवेश गरे। आफैंले खाजा पकाएर खाए। केहीले जिम पनि गरे, कतिपयले बाथरूममा गएर नुहाए पनि।

केही प्रदर्शनकारीहरू भने लम्पसार सुतेर टेलिभिजनमा समाचार हेरिरहेको भिडिओ र तस्बिर पनि सार्वजनिक भएका छन्।

एक प्रदर्शनकारीले भनेका छन्,‘राष्ट्रपतिज्यू, धन्यवाद! म तपाईंको खाटमा सुतिरहेको छु, यो निक्कै आरामदायी छ।’

त्यसैगरी राष्ट्रपति भवनमा भएका बेडमा सुत्नेदेखि रेस्लिङसमेत खेलेको पनि देखिएको छ। प्रदर्शनकारीहरूले बंकरमा प्रवेश गर्ने सिक्रेट ढोकासमेत पत्ता लगाएर भित्र प्रवेश गर्न भ्याएका छन्।

यस्तै उनीहरूले पियानो बजाएर नाचगान गरिरहेको समेत देखिन्छ।

भवनभित्र एक जना गोरा मानिसलाई लिएर इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ) सँग श्रीलंका सरकारले गरिरहेको वार्ताको नक्कल गरिएको छ।

श्रीलंकाली राष्ट्रपति राजापाक्षे आउने बुधबार राजीनामा दिने सहमत भएका छन्। उनी अहिले कहाँ छन् भन्ने खुलाइएको छैन।न्युजवायरका अनुसार आइतबार बिहान राष्ट्रपतिको सचिवालयले एउटा विज्ञप्ति जारी गर्दै ग्यास सिलिन्डर वितरणलाई बढाउन अधिकारीहरूलाई निर्देशन दिएको छ।

यसैबीच यता, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शनिबारको विरोधपछि आफूले पद छाड्ने बताइसकेका छन्। उनले यसबारे ट्वीटसमेत गरेका छन् ।

शनिबार भएको प्रदर्शनमा प्रधानमन्त्री विक्रमासिङ्घेको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका थिए।यसैबीच श्रीलंकामा शनिबार भएको हिंसात्मक प्रदर्शनपछि सेनाले शान्ति कायम गर्न सुरक्षा बललाई सहयोग गर्न प्रदर्शनकारीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com