ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार


एबीसी / संवाददाता

काठमाण्डौ, २३ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।४२ अङ्कले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सामूहिक लगानी कोषको कारोबारमात्रै उकालो यात्रामा छ भने बाँकी रहेका १२ उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । बैंकिङ ८.५७, व्यापार २३.४७, होटल तथा पर्यटन ३१.२४, विकास बैंक ४६.२१, जलविद्युत् १५.९३, वित्त ७.७९, निर्जीवन बीमा ३३.६७, उत्पादन ४३.२, अन्य २२, लघुवित्त ३७.३६, जीवन बीमा ११५.१७ र लगानी ०.५३ अङ्कले ओरालो लागेको छ । त्यस्तै सामूहिक लगानी कोषको शेयर मूल्यमा ०.०९ अङ्कले उकालो लाग्यो ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९१ अर्ब ४७ करोड ६९ लाख ५५ हजार ३५ बराबर रहेको छ । कारोबारका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्षस्थानमा छ । सो कम्पनीको रु सात करोड ६५ लाख ८९ हजार ९८२ बराबरको कारोबार भएको छ ।

त्यस्तै अरुण काबेली पावर रु छ करोड ३० लाख छ हजार ३३४, शिवम् सिमेन्ट रु छ करोड २५ लाख ३२ हजार ९१८, हिमालयन डिस्टिलरी रु पाँच करोड ९० लाख आठ हजार २६४ र माथिल्लो तामाकोसी रु पाँच करोड ८२ लाख ३९ हजार ६३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आरबिबी म्युचुअल फण्ड एक ३.९३, माउण्टेन हाइड्रो नेपाल ३.२४, सिटिजन म्युचुअल फण्ड दोस्रो ३.०३, नारायणी डेभलपमेन्ट बैंक २.६७ र बैंक अफ काठमाण्डूको ऋणपत्रका लगानीकर्ताले २.५९ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त ५.२०, लिवर्टी इनर्जी ५ प्रतिशत, नयाँ सारथी लघुवित्त ३.९७, गुराँस लघुवित्त ३.८४ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ३।६४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com