काठमाडौँ, २० असार । अर्थ मन्त्री जनार्दन शर्मालाई वर्खास्तको माग गदै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलवार विरोध प्रर्दशन गर्ने भएको छ ।
अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघका कार्यकर्ताहरूले भोली हनुमानस्थानमा दिउसो ३ बजे प्रर्दशन गर्ने भएका हुन ।
अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाए पछि युवा संघले बर्खास्तको माग गर्दै प्रर्दशन गर्ने भएका हुन । अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राती मन्त्रालयमा बोलाएर आफ्नो तर्फबाट भन्दै करका दर परिवर्तन गराएको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्