ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो


एबीसी / संवाददाता

काठमाडौं, १८ असार । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई हराएको छ ।

खेलमा नेपाल ६९ रनले विजयी भएको हो । किङ्ग सिटीमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा १ सय ५१ रनमा अलआउट भयो । नेपालका विनोद भण्डारीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले ४२ रन जोडे । बसिर अहमदले २४ रन जोडे । घरेलु टोलीका शील पटेलले ३ विकेट लिए ।

ओन्टारियोका रियाज खान पठानले सर्वाधिक ३६ रन जोडे । नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले, आरिफ शेख र किशोर महतोले समान २र२ विकेट लिए । नेपाल र क्यानडाबीच असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

क्यानडामा दुई एक दिवसीयपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुने छ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

सेरेना विलियम्स पहिलाे चरणमै रादुकानुसँग पराजित

दलहरु आ–आफ्नै दाबीसहित चुनावी रणनीतिमा (भिडियोसहित)

नागरिकता विधेयक : अर्धविराम, पूर्णविरामसमेत फेरबदल नगरी हुबहु पठाउछौं भन्नुले अभिभावकीय संस्थाप्रति अनादर (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com