ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब


एबीसी / संवाददाता
असार १७, २०७९ शुक्रबार  २ : ०१ बजे

काठमाडौं, १७ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।

यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै भएको हो ।

शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ ।

शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।

शुक्रबार आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । बिहीबार सर्किट लागेको नेपाल फाइनान्सको मूल्य समेत शुक्रबार ७.७० प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ ।

शुक्रबार धेरै गुमाउने कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अगाडि रह्यो । यसको मूल्य ४.७७ प्रतिशतले घटेर ३८९.५० रुपैयाँमा ओर्लिएको छ । बिहीबार जस्तै शुक्रबार समेत धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

सम्बन्धित

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com