ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले प्रदेश राजधानी तोकेसंगै कतै दीपावली कतै आन्दोलन कुन – कुन प्रदेशमा के भयो


एबीसी न्यूज

काठमाडौं, ४ माघ । बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै खुशियालीमा दीपावली भएको छ भने कतै दुखिहुदै आन्दोलन चर्किएको छ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश १ को राजधानी विराटनगर तोकिएपछि त्यहाँ दीपावली भएको छ भने धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। प्रदेश १ को राजधानीको रुपमा यसअघि इटहरी र धरानकोसमेत चर्चा थियो।


प्रदेश २ को राजधानी जनकपुर तोकेपछि वीरगन्ज अशान्त बनेको छ। वीरगञ्जमा लामो सयमदेखि राजधानीको माग गर्दै अन्दोलनमा बसेका नेता कार्यकर्ता र स्थानीयवासी आक्रोशित भएका छन् । बुधबार साँझ सडक प्रदर्शन गरेका उनीहरुले बिहीबार बन्दको घोषणासमेत गरेका छन्। सँगै प्रदेश राजधानीको विषयमा चुपचाप रहेका मधेसवादी दललेमसेत जनपुरलाई प्रदेश २ को अस्थायी राजधानी बनाउने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।

प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि हेटौंडामा खुशीयाली मनाइएको छ। चर्चामा भक्तपुर, बनेपा, ललितपुर रहे पनि सरकारले अन्तिम समयमा हेटौंडालाई प्रदेशको अस्थायी राजधानी तोकेको हो। प्रदेश १ र २ मा जस्तो ३ मा भने आन्दोलन भएको छैन।

प्रदेश ४ राजधानी पोखरा भने निर्विकल्प देखिएको छ। यसअघि नै सबैले प्रदेश ४ को राजधानीको रुपमा पोखरालाई स्वीकार गरिसकेकाले विवाद छैन।

प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि दाङमा आक्रोश बढेको छ। स्थानीयवासीमात्र नभएर प्रदेश ५ का मुख्यमन्त्री दाबेदार एमाले नेता शंकर पोखरेल स्वयम्ले सरकारको अविवेकी निर्णय भनेका छन्। त्यसैगरी माओवादी केन्द्रका नेता एवम् दाङका प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालेसमेत सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। बुटवलमा भने खुशीयाली मनाइएको छ। बुटवलमा भने दीपावली गरिएको छ ।

प्रदश ६ को अस्थायी राजधानी सुर्खेत तोकिएको छ। अन्य क्षेत्रमा राजधानी विवाद देखिए पनि प्रदेश ४ जस्तै ६ शान्त छ। प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकिएपछि दिपालयमा आन्दोलन चर्किएको छ। धनगढीमा भने सरकारको निर्णयको स्वागत गरिएको छ।

प्रदेश नम्बर ७ को राजधानी दिपायलमा नबनाएको विरोधमा डोटी कांग्रेसद्वारा पार्टी सदस्यता परित्याग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस डोटीको कार्यसमितिको बैठकबाट नेपाली कांग्रेसकै सरकार हुँदा पनि प्रादेशिक राजधानी डोटी नबनाएको विरोधमा डोटीका सबै नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी पार्टी सदस्यता परित्याग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com