ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रम नरोक्ने


एबीसी / संवाददाता
असार १५, २०७९ बुधबार  २ : ५१ बजे

काठमाडौं , १५ असार, । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो ।

अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ असार (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ असारदेखि पनि निरन्तरता दिएको जनाएको छ । स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार सरकारले बीमामार्फत अस्पताललाई ८ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी छ ।
स्वास्थ्य बीमा बोर्डले समस्या यथाशीघ्र सम्बोधन गर्न बोर्डको बैठक र चिकित्सकसँग छलफल गरी समस्या समाधानको काम अघि बढिसकेको जानकारी दिँदै बोर्डले १४ असारमा त्रिवि शिक्षण अस्पताललाई पत्रचार गरी सेवा नरोक्न अनुरोध गरेको थियो ।

अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने गरेको अधिकारीले बताउनुभयो । ‘स्वास्थ्य बीमा बोर्डले भुक्तानी तत्काल गर्ने र हाम्रो सम्झौता अनुरुप नै भुक्तानी दिने भनेर पत्रचार भएपछि सेवालाई निरन्तरता दिन लागेका हौं,’ अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com