ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को–को हुन त प्रदेश प्रमुख पृष्ठभुमि सहित


एबीसी न्यूज

काठमाडौं, ३ माघ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख पनि तोकेको छ । बुधबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

तर, वाम गठबन्धन तयार नभएपछि सरकारले अन्य दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग सहमति गरेर प्रदेश प्रमुखको टुंगो लगाएको हो।

सहमति अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा फोरमले पाएको छ भने बाँकी प्रदेशमा कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएको छ। उनीहरु नेपाल सरकारको कर्मचारीका रुपमा रहनेछन्।

सरकारले बुधबार नियुक्त गरेका प्रदेश प्रमुखहरु

प्रदेश १ गोविन्द सुब्बा

सुब्बा पुराना कांग्रेस कार्यकर्ता हुन्। उनी ०४९ मा धरानबाट मेयर पदमा कांग्रेसका तर्फबाट प्रत्यासी थिए। उनी पूर्वाञ्चल विश्वविद्यालका सहायक डीन समेत भइसकेका छन्। पछिल्ला समय उनी पाटन क्याम्पसमा अंग्रेजीका प्राध्यापक हुन्।

प्रदेश २– रत्नेश्वर कायस्थ

कायस्थ नेपाल सरकारका पूर्वसचिव हुन्। उनी पहिलो संविधानसभाका समानुपातिक सभासद हुन्। संघीय समाजवादी फोरमको सिफारिसमा उनी प्रदेश प्रमुख बनेका हुन्।

प्रदेश ३– अनुराधा कोइराला

भारतीय कोठीहरूमा बेचिन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा क्रियाशील संस्था माइती नेपालको संस्थापक अध्यक्ष हुन्, कोइराला। ओखलढुंगामा जन्मिएकी उनले सो संस्था सन् १९९३ मा स्थापना गरेकी थिइन्।

सन् २०१० मा सिएनएन हिरोबाट सम्मानित भएकी उनले २०१४ मा मदर टेरेसा पुरस्कार पनि जितेकी थिइन्। उनी प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेकी थिइन्।

प्रदेश ४– बाबुराम कुँवर

कुँवर पूर्व महान्यायाधिवक्ता हुन्। कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष समेत रहेका कुँवरलाई ०७० फागुन ५ मा तत्कालीन सुशील कोइराला सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको थियो।

प्रदेश ५ उमाकान्त झा

झा खिलराज रेग्मी सरकारमा ऊर्जा, सिंचाइ र विज्ञान मन्त्री थिए। उनले सिंचाइ र उद्योग मन्त्रालयका सचिवबाट अवकाश पाएका थिए। धनुषाका झा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन्। उनलाई राजपाको तर्फबाट प्रदेश प्रमुखमा सिफारिस गरिएको हो।

प्रदेश ६– दुर्गाकेशर खनाल

खनाल सुर्खेत कांग्रेसका संस्थापक नेता हुन्। पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का लगायतका कांग्रेसीहरु उनका चेला हुन्। उनी स्थानीय जनपब्लिक हाइस्कुलमा अध्यापन पनि गर्थे। खनाललाई ०४८ सालमा कांग्रेसले राष्ट्रियसभामा मनोनीत गरेको थियो।

प्रदेश ७  मोहनराज मल्ल

मल्ल राप्रपाका पुराना नेता हुन्। बहुदलपछि पहिलो संविधानसभाको चुनावसम्म उनी राप्रपाबाटै चुनाव लडे पनि पछि उनी कांग्रेसमा प्रवेश गरेका थिए। उनी कैलालीका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com