ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले जनतालाई कष्ट हुनेगरी मूल्यवृद्धि गर्नुहुँदैन : अध्यक्ष नेपाल


एबीसी / संवाददाता

काठमाडौँ, ११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनतालाई कष्ट हुनेगरि कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो । उहाँले पाँच दलबीच भएको सहमतिलाई सरकारले छिट्टै पालना गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले बजार अनुगमन गरेर कालाबजारी गर्नेहरुलाई पनि कारबाही गर्न सरकारलाई सचेत गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तेलको भाउ बढ्यो । मूल्यवृद्धि अचाक्ली भयो । त्यसैगरी भ्रष्टिकरण व्यापक रुपमा बढयो । हामीले यसमा पटक पटक कुरा उठायौं । यसै सन्दर्भमा प्रधानमन्त्रीले पाँच दलको बैठक बोलाउनुभएको थियो । र, त्यसमा मूल्यवृद्धिको सन्दर्भमा अनि तेलको मूल्य निर्धारण गर्ने सन्दर्भमा छलफल भयो ।

छलफल भएर हामीले कसरी राज्यले मुनाफा कमाउने होईन । यसमा जनतालाई मर्का नपर्नेगरी र राष्ट्रले पनि थेग्न सक्ने गरी अधिकतम हिसावले तेलको मूल्य घटाउने बारेमा शनिबार छलफल भएको छ । मलाई विश्वास छ आजको त्यो निर्णयलाई सरकारले तुरुन्त पालना गर्नेछ । हामीले हेर्ने भनेको हाम्रो छिमेकी देशमा मूल्य कस्तो छ ? र, त्यो मूल्य हेर्नुका साथसाथै हामी कतिसम्म जान सक्दछौं ? अन्य स्रोतहरु खोजेर भएपनि जनतालाई भार पर्नेगरी, जनतामा कष्ट पुर्याउने गरी राजस्व उठाउँदै हिँडन्, कदहरु बढाउँदै हिँडने काम गर्ने पनि होईन । मूल्यवृद्धि बढेको छ भने कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ । सुपथ मूल्य पसल खोलेर विपन्न वर्गका समूदायलाई राहत दिनुपर्छ भनेर राखिएको छ । भ्रष्टिकरणका विषयमा पनि कुरा गरिएको छ ।’

मुलुकलाई भ्रष्टिकरणको बाटोमा जान नदिन पनि सरकारलाई आफूहरुले दवाव दिने काम गरिरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com