ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाद छैन, मन्त्री फिर्ता बोलाउनेबारे सर्वसम्मत निर्णय भएको हो : नेता श्रेष्ठ


एबीसी / संवाददाता
असार १०, २०७९ शुक्रबार   ३ : ४१   बजे

काठमाडौँ, १० असार । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री फिर्ता बोलाउने विषय स्थायी समितिको सर्वसम्मति निर्णय भएको जनाएको छ । शुक्रबारको पोलिटब्यूरो बैठक जारी रहँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता जीवनराम श्रेष्ठले स्थायी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने विषय टुङ्ग्याइसकेको बताउनुभयो ।

‘मन्त्री फिर्ता बोलाउने विषयमा स्थायी समितिको बैठकले सर्वसम्मति निर्णय गरिसक्यो,’ उहाँले भन्नुभयो, ‘स्थायी समितिमा अहिलेका दुई मन्त्रीहरू विरोध खतिवडा र रामकुमारी झाँक्री पनि हुनुहुन्छ, उहाँहरूले पनि सहमति जनाउनुभएको हो ।’ पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताउनुभयो । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उहाँले कार्यान्वयनमा केही ढिलाइ भने भएको उल्लेख गर्नुभयो ।

‘पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका छ, गठबन्धनमा भए पनि आ–आफ्नै दलका निर्णय हुन्छन् र गठबन्धनको नेतृत्वले त्यसको कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, केही ढिलो भने भइरहेको छ ।’ नेता श्रेष्ठले पार्टीभित्र कुनै पनि विवाद नभएको जिकिर गर्दै छिट्टै नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुने दाबी गर्नुभयो । यद्यपि मिति र समय भने तोक्नुभएन ।

यसैबीच, पार्टीका १० जना सांसदहरूले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । उहाँरूको पत्रमा मन्त्री चयन समावेशी नभएको विषय समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group