ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा चढ्ने तयारीमा पहिलो शेर्पा महिला पत्रकार


admin

सिन्धुली, ३ माघ । शेर्पा समुदायबाट सञ्चार क्षेत्रमा त्यसै पनि निकै कम मात्रै संलग्न छन् । त्यसमाथि महिलाको संख्या त औलामै गन्न सकिन्छ । शेर्पा समुदायको यीनै थोरै महिला पत्रकार मध्येकी एक हुन–डोमा शेर्पा । विगत ८ वर्षदेखि शेर्पा र खासगरी हिमाली समुदायका विविध पक्षलाई डोमाले आम सञ्चारमाध्यममा ल्याइरहेकी छिन् । अनलाइन, एफएम रेडियो हुँदै अहिले डोमा टेलिभिजनमा पनि सक्रिय छिन् । सञ्चारमाध्यममा करिब ८ वर्ष बिताइ सकेपछि डोमा आफ्नो पहिचानलाई अझै फराकिलो पार्ने प्रयासमा जुटिसकेकी छिन् । उनी चाँडै सगरमाथा आरोहणमा जाँदैछिन्, त्यो पनि पहिलो शेर्पा महिला पत्रकारको रुपमा । हुन त शेर्पा समुदायका लागि हिमाल आरोहण ठूलो र नौलो कुरा होइन । तर डोमा सोलुखुम्बुको सदरमुकाम सल्लेरी सदरमुकाम नजिकैको गाउँ सालावेशी अर्थात हालको दुधकुण्ड नगरपालिका २ मा हुर्किएकी हुन् । सोलुको यो भेग त्यस्तो स्थान हो जहाँका शेर्पा हिमाल आरोहण भन्दा बरु राजनीति, व्यापार व्यवसाय र अरु नै पेशामा सलंग्न हुन्छन् । डोमा बोलिन ‘सदरमुकामबासी भएका कारण अन्य क्षेत्रमा पनि अवसर भएर होला हाम्रो तिर सगरमाथा आरोहणमा जाने त्यति चलन छैन ।’

मिसन पत्रकारिता

तर डोमालाई भने सानै देखि सगरमाथाको चुचुरो टेक्ने भयंकर रहर थियो । स्कुल छँदै पासाङ ल्हामु शेर्पाको जीवनी पढे पछि त उनलाई कतिबेला सगरमाथा पुगौँ जस्तै हुन्थ्यो । यद्यपी स्कुले जीवन सकाएर कलेज पढ्न थाले पछि भने उनको सोचाई केही परिवर्तन भयो । १२ सम्म म्यानेजमेन्ट विषय पढेकी डोमाले त्यसपछि भने पत्रकारिता पढ्न थालिन् । पत्रकारिता पढ्न थाले पछि उनलाई लाग्यो आफ्ना समुदायका धेरै कुरा मिडियामा आउन बाँकी रहेछ । त्यसपछि उनी सगरमाथा आरोहण गर्ने आफ्नो लक्ष्यलाई थाँती राख्दै मिडियामा आवद्ध भइन् । यसबीचमा उनले हिमाली समुदायका नारी शसक्तिकरणमा सहयोग पुग्ने किशिमका समाचार लेखिन, आफ्नो समुदायभित्र रहेका कलासंस्कृति, रितिरिवाज र जीवनशैलीलाई आमसञ्चारमाध्यममा ल्याइन् ।

समुदायका लागि एक किशिमले उनले मिसन पत्रकारिता नै गरिन् भन्दा फरक पर्दैन । उनले सञ्चारमाध्यममा काम गर्दासम्म पनि महिलाको त कुरा छोडौ शेर्पा समुदायका पुरुष नै पनि निकै कम थिए । शेर्पा भन्ने बित्तिकै हिमाल आरोहण गर्ने, पर्यटन व्यवसाय गर्ने र विदेश जाने भन्ने आम मानिसको सोचाइ रहेको छ । तर पछिल्लो समय शेर्पा समुदाय अन्य क्षेत्रमा पनि फैलिदै गएको छ । डोमा पनि चाहन्थिन् शेर्पा माथि लागेको यो ट्यागलाइन अब फेरिनु पर्छ । हाल मिडिया टेक्नोलोजीमा मास्टर्स गरिरहेकी डोमा यस्तै यस्तै कारणले अन्य क्षेत्रमा जान सक्ने सम्भावनालाई लत्याउँदै सञ्चार क्षेत्रमा आफुलाई आवद्ध गराएको दावी गर्छिन् ।

फेरी सगरमाथा सपना

सञ्चारमाध्यममा करिब ८ वर्ष बिताइ सके पछि उनको बाल्यकालदेखिको रहर फेरी जुर्मुराएको छ । सगरमाथामा पाइला राख्ने उनको लक्ष्य दिन प्रतिदिन दृढ बन्दै गइरहेको मात्रै छैन, यसका लागि आवश्यक कदम समेत चालिसकेकी छिन् । डोमा भन्छिन् ‘सगरमाथा आरोहण निकै चूनौतिपुर्ण र जोखिम काम हो ।’ उनी थप्छिन् ‘सानो गल्तीले ज्यान गुम्न सक्छ ।’ तर यही चूनौतिपुर्ण र जोखिम काममा उनलाई सफल बन्नु छ र सगरमाथाको चुचुरो पुग्ने पहिलो शेर्पा महिला पत्रकारको नाम लेखाउनु छ । सगरमाथा जानु पूर्व अभ्यास र हाइ अल्टिच्युटसँग अभ्यस्त हुनका लागि कुनै एक पिक आरोहण गर्नु अनिवार्य मानिन्छ । यसैको तयारी स्वरुप डोमाले हालै ६१८९ मिटर उचाइको आइल्याण्ड पिकको सफल आरोहण गरेर काठमाडौँ फर्कि सकेकी छिन् । आइल्याण्ड पिक चढेर आए पछि उनमा सगरमाथा आरोहण गर्ने जोश झनै बढेर गएको छ ।

४० लाखको तनाव

सबै तयारी सकाए पछि सगरमाथा आरोहणका लागि डोमा आगामी वर्षको अप्रिलमा आफ्नो यात्रा थाल्ने छिन् । शारिरिक मजबुतीका लागि फिटनेस, वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ जस्ता गतिविधिमा उनले आफुलाई सरिक गराइरहेकी छिन् । सगरमाथा आरोहण जोखिम त छँदै छ, खर्चिलो पनि उत्तिकै छ । रोयल्टी र आरोहणका लागि चाहिने आवश्यक सरसामान समेत गरेर उनलाई कम्तिमा ४० लाख रुपैयाँ खर्च लाग्छ । तर यति रकम उनीसँग छैन । त्यसैले आवश्यक रकमका लागि उनले शेर्पा समुदायसँग सम्बन्धित विभिन्न संघसंस्थाबाट सहयोग जुटाउने प्रयास गरिरहेकी छिन् । धेरैले उनलाई सहयोग गर्ने वाचा समेत दिएका छन् । त्यस्तै विदेशमा रहेका विभिन्न शेर्पा किदुगहरुले पनि सहयोग गर्ने आश्वासत दिएको उनले बताइन् । यता डोमा आफै पनि विभिन्न च्यारिटी सो गर्ने तयारी गरिरहेकी छिन् ।

डकुमेन्ट्रीको पनि तयारी

आफ्नो सगरमाथा आरोहणकै क्रममा डोमाले डकुमेन्ट्री पनि बनाउने तयारी गरिरहेकी छिन् । उनले सगरमाथा आधार शिविरदेखि चुचुरोसम्म पुग्दा स्वदेशी तथा विदेशी आरोहण दललाई सफल बनाउन शेर्पाहरुले ज्यानको बाजी लगाएर कसरी योगदान दिन्छन् र कस्तो कस्तो संघर्ष गर्छन् भन्ने तथ्यलाई उनी आफ्नो डकुमेन्ट्रीमार्फत बाहिर ल्याउन चाहन्छिन् ।

र, समाजसेवी पनि

डोमा सञ्चारकर्मीसँगै समाजसेवी पनि हुन् । दीनदुखीको सेवा गर्न पाउदा उनलाई निकै सन्तुष्टि मिल्छ । त्यसैले पनि उनले सकेसम्म र भ्याएसम्म आफुलाई सामाजिक काममा पनि आवद्ध गराउँदै आइरहेकी छिन् । उनले अहिलेसम्म ३ जना पीडितका लागि आफुले सकेको योगदान दिइसकेकी छिन् । टर्कीमा मानशिक सन्तुलन गुमाएको अवस्थामा ५ वर्षदेखि परिवारको सम्पर्कबाट समेत टाढा रहेका खोटाङका पासाङ शेर्पालाई उनले आफ्नै बलबुतामा स्वदेश फर्काइन । मुखको क्यान्सर भएका सोलुखुम्बुका एक बालकको उपचारका लागी उनले सामाजिक सञ्जालबाटै ५ लाख रुपैयाँ बराबरको सहयोग राशी पनि जुटाउन सफल भइन् । त्यस्तै आँखाको रेटिनामा क्यान्सर भएका भोजपुरका एक बालिकाको उपचारमा पनि उनले सहयोग अभियान चलाएकी थिइन् । तर किमो धान्न नसके पछि ती बालिकाको भने हालै मृत्यू भयो । त्यस्तै महिला शसक्तिकरण र आफ्नो समुदायको खबरलाई पनि उनी विभिन्न कार्यक्रममार्फत आमसञ्चार माध्यममा ल्याइरहेकी हुन्छिन् । शेर्पा सञ्चार समूहकी निवर्तमान अध्यक्ष रहेकी डोमा आदिबासी जनजाती युवा महासंघको महिला उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

इरानले गर्योः कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण

इरानसँगको अमेरिकी कूटनीति क्षतिग्रस्त भए पनि, अझै आशावादी

मस्कले ट्रम्पको आलोचनाप्रति ‘खेद’ व्यक्त गरे, किन पछि हटे त मस्क ?

ओली र पोखरेल आमनेसामने, महाधिवेशनको टुंगो छैन !

ट्रम्प र मस्कले आफ्नो साझेदारी भस्म गरेको दिन: द वाल स्ट्रिट जर्नल

के भारतले आफ्नो व्यापारको अवसर कब्जा गर्न सक्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com